वीरगंज । ब्रिटानिया नेपाल प्रा.लि. वीरगंजले आज रु ३५ हजार बराबरकाे १९ कार्टुन बिस्कुट सहयाेग गरेकाे छ । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजकाे क्वारेन्टाइनमा रहेकाहरुकाे लागि कम्पनीले जिल्ला विपद् व्यवस्थापन समिति पर्सालाई साे बिस्कुट सहयाेग गरेकाे हाे ।
कम्पनीका महाप्रबन्धक प्रमाेद खेरले जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य एवं पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई हस्तान्तरण गर्नु भयाे ।
यस भन्दा पहिला चैत २० गते बिहिबार कम्पनीबाट नारायणी अस्पताल वीरगंजलाई २८ थान पिपिई उपलब्ध गराइएकाे कम्पनीका मानव संसाधान अधिकृत मंजुर आलमले वताउनु भयाे । विश्व लगायत सिंगाे देश नै महामारीकाे रुपमा रहेकाे काेभिड १९ (काेराेना भाइरस) कारण त्रसित रहेकाे विसम परिस्थितिमा अस्पतालमा अति आवश्यक बस्तुकाे कमिरहेकाेले सहयाेग गरिएकाे अधिकृत आलमले वताउनु भयाे ।