14 May 2025
KALIKATIMES.COM

रोटरीले कोरोना रोकथामका लागि एक करोड सहयाेग गर्ने

काठमाण्डाै । रोटरी इन्टरनेशनल नेपालले कोरोना रोकथामका लागि सरकारकालाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

काेराेना राेकथामकाे लागि सहयाेग गर्न लागेकाे रोटरी इण्टरनेशनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिनुभयो । यो रकम सम्पूर्ण रोटरियनहरुका तर्फबाट उपलब्ध गराउन लागिएको उहाँले जानकारी दिनुभयाे ।

यस बाहेक पनि रोटरियनहरुले देशभरि रहेका एक सय २४ वटा रोटरी क्लबमार्फत मास्क (मुखावरण), खाद्यान्न, औषधि लगायत स्वास्थ्य उपकरण उपलब्ध गराउनुका साथै ठाउँठाउँमा हात धुने ठाउँ, कोरोना सूचना केन्द्र तथा आइसोलेशन निर्माणमा सघाइरहेको पनि गभर्नर श्रेष्ठले एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयाे ।

पालिकाहरुसँग मिलेर थप सहयोग पनि उपलब्ध गराइने उहाँद्वार जारी प्रेस विज्ञप्तीमा उलेख छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:6.562 sec. Memory consumption:82.49 mb