12 May 2025
KALIKATIMES.COM

कालिकामाईमा स्थानिय युवाहरुले बाँडे राहत

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा आज युवाहरुले राहत बाँडेका छन् । स्थानिय युवा भेडिहारीका अति गरिब परिवारलाई राहत सवरुप खाद्यान्न सामग्री वितरण गरेका हुन् ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएका काेराेना भाइरस संक्रमण राेकथामकाे लागि सरकारकाे अवहानमा भएकाे लकडाउनमा दैनिक जिवन यापन गर्न कठिनाई भएका अति गरिब ५३ घरदुरीलाई राहत वितरण गरिएकाे स्थानिय युवा जय प्रकाश चाैरसियाले वताए ।

स्थानिय युवा तथा श्री कालिका एकेडेमी बाेर्डिङ्ग स्कुलकाे संयुक्त आयोजनामा प्रति घरदुरी चामल २ किलाे, दाल ५०० ग्राम, भान्टा २ किलाे, साेयाबिन २०० ग्राम र आलु २ किलाेका दरले वितरण गरिएकाे चाैरसियाले वताए ।

लकडाउनमा समस्या भएका घरदुरीकाे गाउँमा घुमी तथ्यांक संकलन गरी साेही अनुसार प्रति घरदुरीबाट एक-एक जनालाई बाेलाई बाेर्डिङ्ग स्कुलबाट भिड नहुने गरी राहत वितरण गरिएकाे अरपित चाैरसियाले वताए । उनले भने “पहिला हामी घरघर मै राहत पुर्‍याउन साेचेका थिए तर पछि गाउँमा घुमेर राहत वितरण गर्दा भिडभाड हुन सक्ने डर एक ठाउँ मै बाेलाएर ३/३ फिटमा खडा गराई खाद्यान्न सामग्री राहत वितरण गरेका हुन् ।”

कालिकामाई गाउँपालिका वडा नं. २ अन्तर्गतका साविका गाबिस भेडिहारीकाे वडा नं. २ का युवाहरु हामी एक आपसमा सके जति मिलाएर मानवताकाे नेताले सहयाेग गरेकाे निरन्जन चाैरसियाले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.343 sec. Memory consumption:82.49 mb