32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

काेराेना कहर : क्यान्सर बिरामीलाई पनि भर्ना गरेन अस्पताल

दिपक चौरसिया /बारा, १८ चैत । भरतपुर स्थित रहेको बि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पतालले भर्ना नगरेकै कारण एक जना क्यान्सर पिडित घरमै उपचार गराउन बाध्य भएका छन् ।

देश कोरोना भाईरसको चपेटामा परिरहेको बेला भरतपुर क्यान्सर अस्पताल बन्द हुनुले क्यान्सर भएका पिडित आफ्नो घरमा उपचार गराउन बाध्य भएका हुन । बाराको देवताल गाउपालिका वडा नम्बर १ बस्ने लालबाबु बैठाको २५ बर्षिय छोरा अर्जुन कुमार बैठा क्यान्सरले ग्रसित रहेपनि भरतपुर स्थित रहेको बि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल भर्ना नै नगरी घर फर्काएको बताईन्छ ।

क्यान्सर पिडित बैठाको आफ्न्तले संचारकर्मी संग कुरा गर्दै उपचार गराउन भरतपुर स्थित बि.पि कोईराला मेमोरियल अस्पतालमा पुग्दा कोरोना भाइरसको महामारी फैलिएको बेला आफुहरु अस्पताल भर्ना गर्न नसकिने बताए पश्चात फिर्ता ल्याएको बताएका छन् । अस्पतालका डाक्टरहरु हालको समयमा घरमै गएर राम्ररी राख्ने सुझाव दिए पश्चात घरमै राखीएको उनले दुखेसो पोखे ।

अस्पतालले उपचार गर्नुपर्ने औषधि लेखेकै माध्यमले औषधि दिने गरेको स्थानिय स्वास्थय चौकीका डाक्टरले बताएका छन् । आफुहरुलाई क्यान्सरको बिषयमा केही जानकारी नभएपनि अस्पतालले लेखेको औषधि दिने गरेको बताए । उनले स्थानिय स्वास्थय चौकीले स—साना ज्वरो लगायत रुघा, खोकी, घाउ चेकजाच गर्ने गरेको तर क्यान्सरको बिषयमा बढी जानकारी नभएपनि अस्पतालले लेखेको औषधि नै चलाएको बताउनु भयो ।

क्यान्सरको पिडाले दिनप्रति दिन बैठाको स्थित बिग्रिदै गएको स्थानियले जनाएका छन् । स्थानियले जनाए अनुसार मुलुक कोरोनाको चपेटामा परेकै बहानामा भर्ना नगरेको आरोप लगाएका छन् । बि.पि. कोइराला मेमोरियल अस्पतालले भर्ना नगरे पश्चात फिर्ता लिएर आएको पिडितलाई वीरगंज स्थित नारायणि उपक्षेत्रिय अस्पताल, मेडिकल कलेज लगायतको अस्पतालमा लगेपनि अस्पतालहरुले भर्ना नगरेको स्थानियले दुखेसो पोखे ।

जनताको हक हितको लागि निर्माण गरिएको अस्पतालहरुमा उपचारको नाउमा खोलिएपनि भर्ना चाहि नगरिएको कारण शोसन भएको प्रस्टयाएका छन् । बाराको देवताल गाउपालिका वडा नम्बर १ बडकिफुलवरीया निवासी अर्जुन कुमार बैठा क्यान्सर पिडित भएकै कारण स्थानियहरुमा रुवावासी समेत हुन थालिएको छ ।

स्थानिय युवा क्यान्सर जस्तो बिरामी संग लडिरहेपनि हाम्रो देशमा निर्माण भएका क्यान्सर अस्पतालहरु भर्ना नगरिदिदा बिरामी मारमा परेका छन् । तसर्थ ः यस बिषयमा सम्बन्धीत निकायको ध्यान पुग्न अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.053 sec. Memory consumption:82.52 mb