42.8 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

लक डाउनमा राष्ट्रिय युवा संघ पर्साद्वारा सहयोग

वीरगंज । लक डाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरु समस्यामा परेसँगै सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघ नेपाल पर्साले त्यस्ता व्यक्तिलाई आवश्यक खाद्यान्न सहयोग गर्न सुरु गरेको छ ।

संघले दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने र अलपत्र परेकाहरुलाई सहयोग स्वरुप खाजा तथा खाद्यान्न समाग्री वितरण सुरु गरेको हो । युवा संघ पर्साका संयोजक मोहमद निजामुदिनको नेतृत्वमा वीरगन्जको बसपार्क, श्रीपुरको दलित वस्तीमा आज खाद्यान्न वितरण गरेको छ ।

युवा संघ पर्साले सामाजिक सञ्जाल फेसबुकमा सम्पर्क नम्बर नै राखेर खाद्यान्न सहयोगको अभियान नै थालेको हो । फेसबुकमा राखेको नम्बरमा खाद्यान्न अभाव भएको भन्ने कुनै जानकारी आए जहाँ खाद्यान्न अभाव भएको हो त्यही खाद्यान्न पुर्याउने व्यवस्था मिलाइएको पनि संघका पर्सा जिल्ला संयोजक मोहमद निजामुदिनले बताउनुभयो ।

सरकारले लक डाउन गरेकाले घरबाट बाहिर निस्कन सहज नहुने यो अवस्थामा खाद्यान्न अभाव हुनेलाई घरघरमै पुगेर युवा संघले सहयोग गर्ने उहाँले बताउनुभयो ।

भोकै र अलपत्र परेका व्यक्ति जो कसैले देखे आफूहरुलाई जानकारी दिन पनि युवा संघ पर्साले सामाजिक सञ्जाल मार्फत नै आह्वान गरेको छ ।

युवा संघ नेपालको केन्द्रीय सदस्य अरुण यादव, विमल पौड्यल, विकास रौनियार, पर्सा सह–संयोजक ओम प्रकाश गुप्ता लगायतको टोलि खाद्यान्न वितरण कार्यमा खटिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.680 sec. Memory consumption:82.5 mb