29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

पिछिडिएका समुदायलाई कोरोनाबारे सचेत गराउँदै मास्क वितरण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा न. १६ नगवाको दलित बस्तिका बासिन्दालाई कोरोना भाइरसको बारेमा सचेत गराउदै मास्क समेत वितरण गरिएकाे छ ।

राष्ट्रिय जनता पार्टी नेपाल वीरगञ्ज महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफले आज सो दलित बस्तिका बासिन्दालाई निशुल्क मास्क बितरण गर्नुका साथै सरसफाईमा ध्यान दिन आग्रह गर्नु भएकाे हाे । नगवाको दलित बस्तिमा शुरु गरिएको मास्क वितरण तथा सचेतना कार्यक्रमलाई ग्रामिण क्षेत्रमा पनि निरन्तरता दिइने भिजिट मधेशका राष्ट्रिय संयोजक समेत रहनुभएका सर्राफले बताउनुभयो ।

सरकारले २५ जना भन्दा बढीलाई एकै ठाउँमा भेला नहुन निर्देशन जारी गरेपछि सर्राफ नेतृत्वको टोलि सबै स्थानियको घर घरमा पुगेर मास्क वितरणका साथै कोरोनाभाइरसबाट जोगिन अपनाउनुपर्ने सावधानी तथा पुर्व तयारीको बारेमा जानकारी गराइएको हाे ।

भिजिट मधेशका पर्सा संयाेजक किशन सरार्फ, युवा नेता सन्ज्य पटेल, रन्जित पटेल, मुकेश पण्डित लगायतको टोलिले स्थानियलाई सजग भएर नियमित कामकारवाही गर्न र अत्यआवश्यक काम बाहेक घर बाहिर ननिस्किन पनि आग्रह गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.340 sec. Memory consumption:82.52 mb