वीरगंज । पर्साको बिन्दवासनी गाँउपालिकमा आज देखि पालिका स्तरीय आधारभुत कक्षा ८ को बार्षिक परिक्षा शुरु भएको छ ।
विश्वभरि कोरोना भाईरसको भयावह स्थितिलाई मध्यनजगर गर्दै शिक्षा मन्त्रालयले चैत्र ५ गते सम्म बिद्यालय स्तरीय परिक्षा सम्पन्न गर्ने जारी गरेको निर्देशन अनुसार परिक्षा शुरु गरिएको हो । पालिका अन्र्तगत रहेका १४ वटा सामुदायिक बिद्यालयहरुको कक्षा १ देखि ९ सम्मका परिक्षा संचालन गरिएको पालिकाका शिक्षा अधिकृत लामिछानेले जानकारी दिनुभयो ।
यसैबिच गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुले कक्षा ८ को परिक्षाको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा सभ्य र अनुशासित भई परिक्षा दिन बिद्यार्थीहरुलाई आग्रह गुर्नभयो । उहाँले राधाकृष्ण चौरसिया मा.बि बहुअर्वाभाठा, नेपाल स्काउट नि.मा.बि ईटियाही र रामपृत रामस्वरुप चौरसिया मा.बि झौवा बिद्यालयहरुमा अनुगमन गर्नुभएको थियो ।
अनुगमनको क्रममा बहुअर्वाभाठा बिद्यालयमा कक्षा ८ मा ८९ जना, ईटियाही बिद्यालयमा २९ र झौवा बिद्यालयमा १३२ जना बिद्यार्थीहरुले परिक्षा दिईरहेको शिक्षा अधिकृत कपिल लामिछानेले जानकारी दिनुभयो ।
परिक्षा चैत्र ५ गते सम्म संचाल्न हुने शिक्षा अधिकृत लामिछानेले बताउनुभयो । अनुगमनको क्रममा बिद्यालयको समस्या र समाधानका उपायका बारेमा शिक्षकहरु संग छलफल भएको प्रमुख कानुले बताउनुभयो । उहाँले बिद्यालयमा देखिएका समस्याहरु तत्काल समाधान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अनुगमनको क्रममा निमित प्रमुख प्रशासकिय अधिकृत मुना साह रौनियारले बिद्यालयलाई व्यवस्थित गर्न आफु सक्दो सहयोग गर्ने बताउनुभयो ।