11 May 2025
KALIKATIMES.COM

भोलेन्टियर समूहले बाडे किशाेरीहरुलाई प्याड

वीरगंज । विभिन्न सेवा मुलक कार्य गर्दै आएका भोलेन्टियर समूह बिरगंजले आज लालपर्साका समृद्धि सृजना किशोरी संबाद समूह र सागर सुनौलो किशोरी संबाद समूहमा २ सय थान सेनेटरी प्याड बितरण गरेका छन । ८ मार्चका दिन मनाउने गरिएको नारी दिवसको अवसर पारेर भोलेन्टियर समुहले सो प्याड बितरण गरेको हो ।

भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तवको सभापतित्व र किशोरी समुहका किशोरी प्रीति कुमारी यादवकाे प्रमुख आतिथ्यमा भएकाे प्याड वितरण कार्यक्रम भएकाे थियाे । कार्यक्रममा स्वास्थ्यकर्मी अनिसकान्त कुश्वाहा, दिपक यादवले महिलाहरुको सरसफाइ प्रती दिन आवश्यक रहेको र सेनेटरी प्याडको सहि प्रयोगको बारेमा समेत सहभागी किसोरिहरुलाई जानकारी दिनु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथी भोलेन्टियर समुहका महासचिव श्याम सरार्फले आफुले रचेको किसोरीहरुलाई लक्षित गरेर एक भोजपुरी गित समेत प्रस्तुत गरेका थिए ।

देशलाई बिकास गर्नका लागि सबै भन्दा पहिला महिला एवं किसोरिहरुको स्वतन्त्रता शिक्षा, स्वास्थ्यको पहुचलाई बिकास गर्नु पर्छ र हर घरमा सिक्षित नारिहरु भए मात्र देशको बिकाश हुन सक्ने भन्ने कुरामा जोड दिदै भोलेन्टियर समुह बिरगंजको तर्फबाट राजन श्रीवास्तवले नारी दिवसको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा किशोरी समुहका तर्फबाट  सहभागी भएका सबै अतिथिहरुलाइ फुलमाला अबिर लगाएर स्वागत गरिएको थियो भने किसोरीहरुबाट कबिता, गितहरु समेत प्रस्तुत गरिएको थियो ।

सेनेटरी प्याड सानोपाइला संस्थाबाट भोलेन्टिय समुहलाई सहयोग प्राप्त भएकोमा नारी दिवसको अवसर पारेर किशोरी समुहका बिच बितरण गरिएको राधेश्याम गुप्ताले जानकारी गराए ।

कार्यक्रमा बिनय गुप्ता, किसन सरार्फ, कमलेश कुश्वाहा, दयाशन्कर सरार्फ, सन्चारकर्मी राम मन्डल लगायतको सहभागीता रहेको थियो भने किशोरी समुहका एनिमेटर सबिता गुप्ता, सुष्मिता गुप्ताले कार्यक्रम संचालन एवं स्वागत मन्तव्य राख्नु भएको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.318 sec. Memory consumption:82.52 mb