34.8 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

फेटा गाउँपालिकाकाे प्रशासनिक भवनकाे शिलान्यास

वीरगंज । बाराकाे फेटा गाउँपालिकाकाे प्रशासनिक भवन निर्माण हुने भएकाे छ । निर्माण हुने भवनकाे आज एक कार्यक्रमकाे विच प्रतिनिधि सभा सदस्य (सांसद) रामबाबु यादवले शिलान्यास गर्नु भएकाे छ ।
फेटा गाउँपालिकाकाे वडा नं. ३ फेटा स्थित निर्माण हुने भवनकाे बारा क्षेत्र नं. ३ का सांसद यादवले शिलान्यास गरेका हुन् । 
गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बारा क्षेत्र नं. ३ (ख)का प्रदेश सभा सदस्य पारस प्रसाद साह, गाउँपालिकाकी उपाध्यक्ष कमरुण खातुन, समाजवादी पार्टी बाराका अध्यक्ष अजय पटेल, नेकपाकी नेतृ मालती कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, वडा नम्बर १ देखि ७ सम्मका वडाध्यक्ष लगायत सयाैं गाउँवासीकाे सहभागिता रहेको थियो ।
८ कराेडकाे लागतमा निर्माण हुने भवनकाे लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा एक कराेड रकम छुट्याएकाे छ ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:208. Generation time:6.757 sec. Memory consumption:82.28 mb