12 May 2025
KALIKATIMES.COM

पर्सा गोल्डकपको उपाधी हेटौंडालाई

वीरगंज । पर्साको बढनिहारमा सञ्चालित प्रथम पर्सा गोल्डकप २०७६ को उपाधी हेटौंडा फुटबल एकेडेमीले जितेको छ । आयोजक पर्सागढी युवा स्पोर्टस क्लबलाई सडेन डेथमा पराजित गर्दै हेटौडाले उपाधी चुमेको हो ।

खेलको दोस्रो हाफ पछि भएको बर्षाको बाबजुद पनि निकै रोमाञ्चक बनेको खेलको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी खेल टाईब्रेकरमा धकेलिएको थियो । पेनाल्टी सुटआउट ५/५ को बराबरी भए पश्चात् सडेन डेथमा हेटौडाले बाजी मारेको हो ।

नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौंडा र बीरगंज युथ एकेडेमीलाई हराउदै आयोजक क्लब फाईनल प्रवेश गरेका थिए ।

प्रतियोगितामा विजयी भएको हेटौंडाले एक लाख एक सय एकाउन्न रुपैया सहित ट्रफी पाए भने उप बिजेता बनेको आयोजक क्लबले पचास हजार एक सय एकाउन्न रुपैया सहित ट्रफी पाए । विजयी हुन सफल हेटौडा फुटबल एकेडेमीलाई कार्यक्रमका बिशिष्ट अतिथि समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले उपाधी हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद सिंहासन साह कलवार, समाजवादी पार्टी पर्साका जिल्ला सचिव तवरेज अहमद, वडाध्यक्षहरु उद्धव बहादुर उप्रेती, सम्सुदिन साह देवान, नेकपा नगर अध्यक्ष गोकर्ण पाठकलगायतको उपस्थिती रहेको थियो ।

आयोजक क्लबका अध्यक्ष याम बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण योगेन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स
SQL requests:214. Generation time:3.913 sec. Memory consumption:82.56 mb