34.8 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

फेटाका प्रशासकिय अधिकृत मेहताद्वारा विद्यालयहरुमा छडके

वीरगंज । बाराकाे फेटा गाउँपालिकाका प्रमुख प्रशासकिय अधकृत प्राण मेहताले विद्यालयहरुकाे छड्के अनुगमन गर्नु भएकाे छ ।

प्रशासकिय अधिकृत मेहताले साेमबार ४ वटा विद्यालय र एक स्वास्थ्य चाैकीकाे अनुगमन गर्नु भएकाे हाे ।  अधिकृत मेहताले वडा नं. १ अन्तर्गतका श्री नेरा प्रावि त्रिवेणी, श्री नेरा आधारभुत विद्यालय भरवलिया, श्री नेरा प्रावि भलुवही र वडा नं. २ अन्तर्गतका श्री नेरा आधाभुत विद्यालय जगतपुर र वडा नं. १ कै स्वास्थ्य चाैकी भलुवही भरवलियाकाे अनुगमन गरेका हुन् ।

अनुगमनकाे क्रममा विद्यालयहरुमा शिक्षक अनुपस्थित र भाैतिक संरचनाकाे समस्या देखिएकाे अधिकृत मेहताले वताउनु भयाे । विद्यालयहरुमा अनुपस्थित हुने शिक्षकलाई कारवाही गरिने र भाैतिक समस्याकाे समाधान गर्ने वताउनु भयाे ।

अनुगमनकाे कार्य निरन्तर चल्ने र सबैकाे वडा अन्तर्गत विद्यालय र स्वास्थ्य चाैकीहरुकाे अनुगमन गरिने मेहताले जानकारी गराउनु भयाे ।

छडके अनुगमनमा अधिकृत मेहता संगै वडाध्यक्ष जय प्रकाश दास, गाउँ कार्यपालिका सदस्य विरागमण प्रसाद, रामसुनर ठाकुर, सम्बन्धित विद्यालय व्यवस्थापन समिति सदस्य लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:4.522 sec. Memory consumption:82.5 mb