35.5 C
Birgunj
19 May 2025
KALIKATIMES.COM

छोरीहरुले आफैं काँधमा बोकेर बुबाको शव आर्य घाटमा लगे

जनकपुरधाम । प्रदेश २ जहाँ एकातर्फ मृत्युपश्चात दाहसंस्कारमा चितालाई घाटसम्म लैजानेदेखि दाहसंस्कार गर्नेसम्मका सम्पूर्ण कार्यभार पुरुषको जिम्मामा रहन्छ भने अर्कोतर्फ महिलालाई यस कार्यमा पूर्णतया निषेश गरिन्छ ।

प्रदेश २ कै धनुषा जिल्लामा चिता काँधमा उठाएर घाट लैजाने र दाहसंस्कार गर्नेसम्मका सम्पूर्ण काम परिवारका महिलाहरुले गरेका छन् ।

धनुषाको सवैला नगरपालिकामा रामनारायण यादवको निधन भयो । यादवका पाँच छोरी मात्र रहेका छन् । छोराले मात्र दाहसंस्कार गर्नुपर्ने मान्यता रहेको समाजमा यादवको मृत्युपछि दाहसंंस्कार कसले गर्ने भन्ने विषयमा छलफल भयो ।

गाउँलेहरुले आफन्त नाता पर्ने कोहि छोराबाट गराउने कुरामा जोड दिए । तर यादवका छोरीहरुले त्यस कुराको विरोध गर्दै बुबाको दाहसंस्कारका सम्पूर्ण कार्य आफैँले गर्ने निधो सुनाए ।

पाँच छोरीले आफैं काँधमा बोकेर बुबाको शव उठाए । घाटमा यादवकी ६२ वर्षीया पत्नी राधिकादेवीले पतिको पार्थिव शरीरमा दागबत्ती दिइन् । विवाह भइसकेका पाँच वटै छोरीहरुले समाजको कुरीतिविरुद्ध गरेको प्रयास उदाहरणीय बनेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स

ठाकुरराम क्याम्पसमा शिक्षकलाई कार्यकक्षमै थुनेर विद्यार्थीको विरोध

कालिका टाईम्स
SQL requests:214. Generation time:5.329 sec. Memory consumption:82.49 mb