12 May 2025
KALIKATIMES.COM

किसानहरु उखु रोपन छोडदै गए पछि रिलायन्स चिनी मिलद्वारा उखु रोपन आग्रह

वीरगंज । पर्साको किसानहरु उखु रोपन छोडदै गए पछि शनिबार रिलायन्स चिनी मिल बाराका संचालक राजकुमार अग्रवालले  किसानहरु सित उखु रोपन आग्रह गरेका छन् । पाेखरियामा किशानहरुकाे भेला गरी अग्रवाले उखु राेपन आग्रह गरेका हुन् ।

पोखरीया उखु सेन्टर अन्तर्गत पर्ने किसानहरुको भेलामा उखु रोपन आग्रहका साथै समयमै चलान दिने र समयमै भुक्तानी गर्ने आग्रह गर्नु गरे । मिलका संचालक अग्रवालले भेराईटी उखु रोपन आग्रह गर्दै अब कुनै किसिम्मका किसानहरुको दु:ख नहुने बताए ।

किसानहरुले उखु रोपन छोडेको मुख्य काराण भेराईटी उखु रोप्दा खर्च धेरै हुने, तर मुल्य कम रहेको, नेपाल सरकारले तोकेको दर भाउ र मिती भित्र भुक्तानी दिन नसकेको, समयमा चलान नदिइएको, चलान पाउन दौडधुप तथा चलान खरिद गर्नु पर्ने अवस्था र समयमै चिनिमिल संचालन नहुदा उखु क्रसर नहुनु रहेको प्रमुख कारणले उखु रोपनबाट निरास भएको बताउदै यी सबै मांग पुरा भए उखु रोप्ने किसान हकहित संघर्ष समिती पर्साका सचिव पृथ्बी साह कानुले भेलामा कुरा राखेका थिए ।

चिनिमिलका संचालक संगै रहेका मैनेजर विकास चौधरी, केन मैनेजर द्वारिका नाथ पाण्डेको सहभागीतामा भएको किसानहरुको भेलामा आर्थिक बर्ष ०७४।०७५ को ५ रुपैया ३६ पैसाको दरले २९ लाख क्वीन्टल उखु क्रसरको रकम १ करोड ५५ लाख ४४ हजार बाकी हरकोले सो रकम भुक्तानी गर्न उखु उत्पादन किसान संघ पर्साका अध्यक्ष असर्फी साहले माग गरेका थिए ।

जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक माध्यमिक बिधालयको प्रांगनमा भएकाे भेलामा पोखरीया सेन्टर सम्बद्ध सयौ किसानहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.375 sec. Memory consumption:82.48 mb