41.9 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

नेवि संघद्वारा वीरगंजमा चक्का जाम

वीरगंज । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले नेपाल सरकार र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे बिरुद्धमा आज बिरगंजमा चक्का जाम गरेको छ ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले वीरगंजकाे माइस्थान चोकमा आधी घण्टा चक्का जाम गरेकाे  हो ।

नेवि संघका जिल्ला उपसभापति जितेन्द्र मिश्राकाे नेतृत्व र नेपाली कांग्रेश पर्साका युवा नेता राजु गुप्ताकाे बिशेष सहभागितामा भएकाे चक्का जाममा विद्यार्थी नेता राजा गुप्ता, कृष्णा दास, आदित्य कुमार साह, पिंकी पासवान लगायत सहभागि थिए ।

अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गर्दै आएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:7.474 sec. Memory consumption:82.5 mb