29.2 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

नेवि संघद्वारा अख्तियार विरुद्ध वीरगंजमा मसाल जुलुस प्रदर्शन

वीरगन्ज । प्रहरी हस्तक्षेपका वाहजुद पनि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले अख्तियार विरुद्ध साेमबार वीरगंजमा मसाल जुलुस प्रदर्शन गरेकाे छ ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले मसाल जुलुस प्रदर्शन गरेको हो ।

वीरगंजकाे विभिन्न क्षेत्रबाट एक साथ निकालिएको मसाल जुलुसलाई नियन्त्रणमा लिन पर्सा प्रहरीलाई हम्मे हम्मे परेको थियो । नेवि संघले अख्तियार तथा सरकार विरुद्ध वीरगंजकाे पानमंडी, माईस्थान, महाविर स्थान, गोश्वारा रोड लगायतको विभिन्न ठाउँबाट एकसाथ मसाल जुलुस निकालेको थियो ।

जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

प्रदर्शनमा नेवि संघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, ब्रदी नारायण तिवारी, नेता विकेश पटेल, मुनराज तिवारी, विवेक कलवार, अब्दुल कयुम, प्रकाश रौनियार, समिर अंसारी, सरोज अंसारी लगायतकाे सहभागिता थियाे ।

अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गरेको छ ।

यस अघि साेमबार पनि वीरगंज कांग्रेस निकटका विभिन्न भातृ संगठन विराेध जुलुश प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:19.666 sec. Memory consumption:82.52 mb