32.9 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

पर्सा प्रहरी प्रमुखमा पन्तको आगमन लगतै शान्ति सुब्यवस्था कायम भएकाे अनुभुती

वीरगंज । पर्साको प्रहरी उपरिक्षक गंगा पन्तको आगमन लगतै यहांको सिमापारीबाट हुने अपराधी गतिबिधी न्युन भई शान्ति सुब्यवस्था कायम भएको अनुभुती आमजनताले गर्न थालेका छन् ।

एक सप्ताह नबितिदै बिरगंजमा हुने बिभिन्न अनैतिक र अपराधी गतिबिधीमा संलग्नहरु पलायन हुन थालेका छन । सिमावर्ती क्षेत्रहरुबाट हुने गरेको अबैध ओसारपसार तथा तस्करी धन्दामा संलग्नहरु उपरिक्षक पन्तको बिगतलाई स्मरण गर्दै स्वस्फुर्त आफना धान्दालाई बन्द गरेका छन ।

केही नाम चलेका तस्करहरु र तस्करका नाइकेहरु ब्यवसाय परिमार्जन गर्ने तर्फ क्रियासिल भएको सा्रेतले जनाएको छ । बिभिन्न कारणवस पर्सामा अस्तब्यस्त बनेका आन्तरिक प्रशासन र मातहतका सुरक्षा युनिटहरुलाई सुद्धृढ गर्दै आन्तरिक ब्यवस्थापनमा समेत कडाई गरेकी प्रहरी सा्रेतले जनाएको छ ।

बिभिन्न खाले गोरख धान्दाबाट मलाई खान पलकेका मातहतका भ्रष्ट प्रहरीहरु समेत चुपीसाधी ईमान्दारी पुर्बक काममा सक्रिय भएको परिदृश्य देख्न पाईएको स्थानिवासीहरुले बताएका छन ।

निरन्तर कडाईका साथ सवारीसाधन चेकजाच हुनु पर्ने कार्य पर्सामा बिरलै हुदै आएका अवस्थालाई मध्यनजर गर्दै उपरिक्षक पन्तले निरन्त कडाईका साथ चेकजाच गर्ने र भनसुनको आधारमा छोडने कार्यलाई पुर्णत निरुत्साहित गर्ने कार्यलाई निरन्तरता दिइएकी छिन ।

पर्साको ईतिहासमै पहिलो पटक महिला प्रहरी उपरिक्षको आगमन पछि यहाका महिलाहरुमा उत्साह थपिनुका साथै महिला माथी हुने बिभिन्न खाले हिंसा न्युनिकरणमा उनको आगमनले सकारात्मक प्रभाव पार्ने महिला अधिकारकर्मी तथा समाजसेवी कोपिला चौलागाई साहले बिश्वास ब्यक्त गरेकी हुन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.959 sec. Memory consumption:82.52 mb