11 May 2025
KALIKATIMES.COM

बैयक्ति समाजिक सहयोग सम्बन्धी ३ दिने तालिम सुरु

वीरगंज । पर्साको पोखरीया नगरपालिकामा किशोरी शशक्तिकरणका लागी शिक्षा कार्यक्रम अन्तर्गत ठुलीदिदीहरुको लागी परियोजना सम्बन्धी परिच्यात्मक कार्यक्रम तथा बैयक्ति समाजिक सहयोग सम्बन्धी ३ दिने तालिम आज देखी सुरु भएकाे छ ।

पाेखरिया नगरपालिकाकाे सभा हलमा सुरु भएकाे तालिमकाे एक कार्यक्रमका बिच गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले उद्घाटन गरेका छन् ।

भिएसओ नेपालको सहयोगमा संचालित कार्यक्रम अन्तर्गत संचालित तालिममा १७ जना ठुलीदिदी, ३ जना सामुदायिक परिचालक र ५ जना सहजकर्ता गरी २५ जनाको सहभागीता रहेको छ ।

सहभागीहरुलाई भिएसओकी जिल्ला अधिकृत बेबी न्यौपाने, राष्ट्रिय स्वयम सेवक चन्दन जयसवाल र कार्यक्रम संयोजक गणेशबहादुर ठकुरीले प्रशिक्षण दिरहेका छन् । उद्घाटन समारोहमा भिएसओका मेसिहाक, हेनरीजीप र बैबी न्यौपाने लगायतकाले मन्तब्य राखेका थिए ।

बिधालय बाहिर रहेका बहिनीहरुलाई शिक्षा दिने उदेश्यले र बिधालयमा जान सपोर्ट गर्ने उद्देश्य राखी किशोरीहरुलाई सशक्तिकरण तालिम दिईरहेको कार्यक्रम संयोजक ठकुरीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.185 sec. Memory consumption:82.52 mb