30.6 C
Birgunj
17 May 2025
KALIKATIMES.COM

जिल्ला स्तरिय बाल क्लब समन्वय संजाल गठन

पर्सा । पर्साकाे पाेखरियामा नगरपालिकामा आज भएकाे जिल्ला स्तरिय बाल भेलाले जिल्ला स्तरीय बाल क्लब समन्वय संजाल गठन गरेकाे छ । पाेखरिया नगरपालिकाकाे सभा हलमा भएकाे भेलाले अर्जनु साहको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला स्तरिय बाल क्लब समन्वय संजाल गठन गरेकाे हाे ।

जुन समितिकाे सदस्यहरुमा राजकपुर साह, सुन्तान मिया, अमन चौरसिया, प्रियांका पाण्डे, तम्ना खातुन, राहुल कुमार साह, मेघराज पंजियार, सुस्मिता चालिसे, ,ममता साह, संदिप साह, दिपक पटेल, केशव यादव, निभा यादव र शोभा कुश्वाहा रहेका छन ।

वाकी रहेकाे स्थानिय तहरुमा बाल क्लब संजाल गठन भए पछि थप सदस्य मनाेनित र पदाधिकारी चयन गरिने अध्यक्ष साहले वताए ।

जिल्ला समन्वय समितिकाे समन्वय र किशाेरी संवाद कार्यक्रमकाे सहयाेग तथा दिब्यानी बाल अधिकार मंचको आयोजनामा सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार मुल नाराका साथ भएकाे जिल्ला स्तरिय बाल क्लब समन्वय संजाल गठन तथा अभिमुखिकरण कार्यक्रम  भएको हाे ।

जिल्ला समन्वय समिती पर्साका उपाध्यक्ष ठाकुर न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले मैनबतीबाली भेलाकाे उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरुले बालबालिका देशको कर्णधार भएकाले यिनीहरुलाई अधिकार सम्पन बनाउनु पर्ने धारणा राखे । कार्यक्रममा पाेखरिया नगरपालिकाकी उप प्रमुख सलमा खातुन, पटैर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महताे, पत्रकार छठु साह, वडाअध्यक्ष अजय साह कलवार, लक्ष्मण साह कानु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:217. Generation time:7.348 sec. Memory consumption:82.53 mb