37.5 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

नाई समाज पर्साको दोस्रो अधिबेशन सम्पन्न

वीरगंज । नेपाल नाई समाज पर्साको दोस्रो अधिबेशन आज सम्पन्न भएको छ । वीरगंज आदर्शनगर स्थित रानिशती धर्मशालामा भएको अधिबेशनले भोला ठाकुरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिती गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्ष सोवालाल ठाकुर, सचिव उमेश ठाकुर, सह सचिव जादोलाल ठाकुर, कोषाध्यक्ष सर्मिला ठाकुर, सदस्य श्री कृष्ण ठाकुर, शिवजी ठाकुर, राजेश ठाकुर, विगन ठाकुर, विरेन्द्र ठाकुर, किशोरी ठाकुर, रमेश ठाकुर, मनोहर ठाकुर लगायतका चयन छन् । वाकी दुई जनालाई मनोनीत गरिने छ ।

निवर्तमान उपाध्यक्ष गोबर्धन ठाकुरको अध्यक्षता र डा. राजेन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उदघाटन समारोहमा डा. हरेराम ठाकुर, नाई समाजका पुर्व केन्द्रिय अध्यक्ष कपिलदेव ठाकुर, नेपाली कांङ्ग्रेस पर्साका सचिव श्याम पटेल, प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान, नेपाल पत्रकार महासंघ पर्साका सचीव युवराज खडका, सतेन्द्र ठाकुर, गान्धी ठाकुर, चिरञ्जीवी ठाकुर, सियाराम ठाकुर, मनोज ठाकुर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.915 sec. Memory consumption:82.47 mb