32.9 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

यी नै हुन पर्सा प्रहरी प्रमुखमा सरुवा भएकी गंगा पन्त

वीरगंज । प्रहरी प्रधान कार्यालय नक्सालले एसपी गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । पर्साका प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौंरलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहको पनि सरुवा भएको हो । बारामा एसपी कृष्ण पंगेनीलाई काज सरुवा गरिएको हो ।

एक महिनापछि रिक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी प्रमुख पठाएको छ । एसपी नान्तीराज गुरुङलाई जिल्ला प्रहरी प्रमुख बनाएर पठाएको हो । गत पुसको तेस्रो साता एसपी दानबहादुर मल्लले जिल्ला छोडेपछि राजनीतिक दबावमा प्रहरी प्रधान कार्यालयले नयाँ एसपी पठाउन सकेको थिएन ।

गत पुस ४ गते नै २४ जना एसपीको एकैचोटी सरुवा भएको थियो । चितवन प्रहरी प्रमुखमा मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाउने निर्णय गरेको थियो । तर राजनीतिक कारणले गर्दा एसपी पन्तलाई चितवन पठाइएको थिएन । त्यसो त सरुवा भएको दुई सातासम्म पनि एसपी मल्लले जिल्ला नछोडेपछि १२ घण्टे अल्टिमेटम नै जारी गर्नुपर्‍यो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.691 sec. Memory consumption:82.51 mb