37.5 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

मेरो माइक्रो फाइनान्सद्वारा निःशुल्क आँखा शिबिर सम्पन्न

बारा । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था रमपूर्वा (कोल्हबी) शाखा कार्यालय, बाराको आयोजनामा आज कोल्हबी बाजारमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविर ५५३ जना बिरामीको आँखा परीक्षण गरिएको थियो । जसमा मोतियाबिन्दुका बिरामी २२५ जना रहेको मातृका आई फाउंडेशनका चिकित्सकले जनाएका छन । मोतिया बिन्दु भएका बिरामिहरुको निः शुल्क शल्यक्रिया समेत गरिने आयोजक संस्थाले जनाएको छ ।

माइक्रो फाइनान्सका शाखा प्रबन्धक अजित कुमार मण्डलको सभापतित्वमा भएको कार्यक्रममा कोल्हबी न.पा. नं. वडा न. १ का वडा अध्यक्ष बिरेन्द्र कुमार चौधरी, कर्पोरेट कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, बिभागिय प्रमुख–अनुगमन बिभागका पुष्कर घिमिरे, अनुगमन अधिकृत रामकिशोर कुसवाहा, कृष्णा खनाल, इलाका प्रहरी कार्यालयका इन्सपेक्टर बलिष्टर सिंह, सशत्र प्रहरी बल सुरक्षा प्रमुख सुक बहादुर राणा, उद्योग वाणिज्य संघका सदस्य राम प्रसाद प्रसाई, थारु सेवा सदनका कोषाध्यक्ष भुवन प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.031 sec. Memory consumption:82.45 mb