वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ भस्वाका वडाध्यक्ष मऔजीलाल साह कानुले तिर्थ यात्रुहरुलाई दुर्व्यवहार गरेका छन् । वडाध्यक्ष कानु सहितका स्थानिय ३ जनाकाे समुहले वडा कार्यालयकाे प्राङ्गमा बास बसेका कहरथुवाहरुलाई दुर्व्यवहार गरेका हुन् ।
रक्सी खाएर मातिएका वडाध्यक्ष कानु सहितकाे समुहले आफुहरुलाई गाली गलाैज गर्दै दुर्व्यवहार गरेकाे कहरथुवाहरुले वताएका छन् ।
भारतकाे त्रिवेनीबाट धार्मिक तिर्थ यात्राबाट घर फक्रने क्रममा बिहिबार राती मिर्जापुर कहरथुवाहरुले वडा ५ भिस्वाको वडा कार्यालयकाे प्राङ्गणमा बास बसेका थिए । साेही बेला रातीकाे १० बजेकाे समयमा वडाध्यक्ष कानु सहितकाे ३ जनाकाे समुहले त्यहाँ पुगी तिमीहरु किन यहाँ बसेकाे ?, कस संग साेधेर बसेकाे ? म वडाकाे मुखियाकाे हु भन्दै जल समेत खसाली दिएकाे कहरथुवा भुलन यादवले वताए ।
रक्सी खाएर मातेका उनीहरुले आफुहरुलाई खुट्टाले हिर्काउदै जल समेत खसाली दिएकाे उनले वताए ।
त्यस लगतै कहरथुवाहरुलेे प्रहरी चाैकी भिस्वामा पुगेर केही समय धर्ना दिदै घटना बारे जानकारी समेत गराएका थिए । त्यस पछि शुक्रबार विहान पंचायती बसी विवाद साम्य भएकाे स्थानियहरुले वताए छन् । पंचायतीमा वडाध्यक्ष कानुले आफु संग गल्ती भएकाे स्विकार गर्दै माफी मागे पछि विवाद साम्य भएकाे समाचार स्राेतले जनाएकाे छ ।