35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

सरस्वती पुजाकाे अवसरमा साँस्कृतिक कार्यक्रम

वीरगंज । सरस्वती पुजाकाे अवसरमा बिहिबार विभिन्न सामुदायिक तथा निजी विद्यालयहरुमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।

सरस्वती पुजा कै अवसरमा पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ स्थित रहेकाे ब्लु हेभन एकडेमी बाेर्डिङ स्कुलमा  सांसकृतिक कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुले गित, नृत्य, भनाई र चेतना मूलक नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेकाे  “वेटी पढाउ बेटी बचाउ” सम्बन्धि नाटकले कार्यक्रमका सहभागिलाई भाउक बनाएकाे थियाे ।

विद्यालयका प्रिन्सपल सुदिल पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंह, धाेबिनी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मजिद मियाँ, वडा नं. ५ का वडाध्यक्ष मनौर अहमद, वडा नं. २ का वडाध्यक्ष नन्दलाल कुर्मी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिशंकर पटेल, पत्रकार शम्भु कुमार सुमन, वडा नं. ४ का वडा सचिव अजय साह लगायत अभिभावक र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे संचालन शिक्षक अशाेक पटेलले गरेका थिए भने स्वागत मन्तव्य शिक्षक ललन पटेलले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:217. Generation time:5.173 sec. Memory consumption:82.51 mb