9 May 2025
KALIKATIMES.COM

नगर प्रमुखको आदेशमा विद्यार्थीमाथी कुटपिट

वीरगंज । राष्ट्रिय जनता पार्टीका बहुदरमाई नगरकार्य समितिको बैठक आज बहुदरमाई मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।

राजपाका बहुदरमाई नगरकार्य समितिको नगर अध्यक्ष कृष्ण यादवको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहकाे आदेशमा विद्यार्थीहरुमाथी कुटपिट भएको आरोप लगाएका छन् ।

श्री महाविर साह मा.वि नगरदाहाका विद्यार्थीहरुले शुक्रवार बहुदरमाई नगरपालिकाको कार्यालय पुगी आफ्नो मांग प्रति शान्तिपुर्ण तरिकाले प्रदर्शन गर्दा नगरप्रमुखको आदेशमा नगरपालिकाको कर्मचारीहरुले विद्यार्थी माथी कुटपिट गरेको भन्दै राजपाका बहुदरमाई नगर कार्य समितिले प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् ।

घट्नाको घोर भर्तसना गर्दै घटनाको उचित छानवि गरी दोशी माथी कार्वाही, पिडितको क्षेतिपुर्ती र विद्यालयमा उत्पन्न समस्याको समाधान अबिलम्ब गर्न सम्बन्धित निकायसंग मांग गर्दै विज्ञप्ति सार्वजनिक गरिएकाे हाे ।

नगरपालिकाको कार्यालय भित्र नगरप्रमुखको निर्देशनमा छात्रामाथी कुटपिट घट्ना अति नै निन्दनिय भएको बैठकले ठहर गर्दै आगजनीको नाममा नगरपालिकले गरेको चरम भ्रष्टचारका कागजातहरु सखाप पर्ने षड्यन्त्र भएको र विद्यार्थीहरुको हकहितका लागी राजपाले नगरपालिका विरुद्ध संघर्षको कार्यक्रम तय गर्न बाध्य हुने निर्णय भएको नगर अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:9.249 sec. Memory consumption:82.52 mb