29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

नेकपा, राजपा गठबन्धन चिरकाल सम्म : नेता यादव

वीरगंज । प्रदेश नं. २ बाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई आज वीरगंजमा सम्मान गरिएकाे छ । नेकपा र राजपाले संयुक्त रुपमा वीरगंजमा बधाई तथा सम्मान कार्यक्रमकाे आयाेजना गरी नवनिर्वाचित सदस्यहरुलाई सम्मान गरेकाे हाे ।

नेकपा पर्साकाे पार्टी कार्यालय मनमाेहन नगर रामगढवामा भएकाे कार्यक्रममा नेकपा र राजपा गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेकपाकी तुलसा दहाल र राजपाका मृगेन्द्र सिंह यादवलाई सम्मान गरिएकाे हाे ।

कार्यक्रममा वाेल्दै नेकपाकी नेतृ तथा राष्ट्रिय सभा सदस्य तुलसा दहालले पार्टीकाे चाहना पहिला देखी नै राजपालाई संघिय सरकारमा सहभागि गराउन र प्रदेश २ सरकारमा सहभागि हुन रहेकाे वताईन ।

उनले भनिन “पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले पहिला देखी नै भन्दै आउनु भएकाे छ, तपाईहरु संघिय सरकारमा सहभागि हुनुस् र हामीलाई पनि प्रदेश सरकारमा सहभागि गराउनुस् ।”  त्यसैले राष्ट्रिय सभाकाे निर्वाचनमा नेकपा र राजपा गठबन्धनलाई जनताले अनुमाेदन गरिसकेका कारण अब सरकारमा सहभागि हुनु पर्ने वताइन ।

राजपाका नेता तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले नेकपा र राजपा गठबन्धन चिरकाल सम्मकाे आवश्यकता रहेकाे वताए । राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपाकाे गठबन्धन इमान्दर प्रमाणित भइसकेकाेले याे गठबन्धनकाे चिरकाल सम्मकाे आवश्यकता रहेकाे धारणा राखे ।

कार्यक्रममा राजपाका महासचिव शिव पटेल, सह महासचिव नेजामुदिन समानी, प्रदेश सभा सदस्य रमेश कुर्मी, नेकपाकी केन्द्रिय सदस्य निर्माला देवकाेटा लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.445 sec. Memory consumption:82.52 mb