32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

बहुदरमाई नगरपालिकामा ताेडफाेड र आगजनी, ४ जना घाइते

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा आज ताेडफाेड र आगजनी भएकाे छ । बहुदरमाई नगरपालिकाकाे वडा नं. ३ स्थित रहेकाे श्री महाविर साह माध्यमिक विद्यालय नगरदाहाका विद्यार्थीहरुले नगरपालिकाकाे कार्यालयमा ताेडफाेड तथा आगजनी गरेका हुन् ।

विद्यार्थीहरुले नगरपालिकाकाे ना. १ ब. २९०६ नम्बरकाे प्लसर माेटरसाइकल जलाउनुकाे साथै कार्यालयकाे फर्निचर तथा कागजपत्र समेत जलाइदिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । नगरपालिका कार्यालयकाे एक वटा माेटरसाइकल, ७ वटा डेक्सटप कम्प्युटर, एक सेट साेफा, टेबल, कुर्सी, सिसि टिभी क्यामरा र कागजपत्र विद्यार्थीहरुले जलाएकाे प्रहरी निरिक्षक सिंहले वताए ।

विद्यार्थीहरुले नगर कार्यपालिका कार्यालयकाे दर्ता चलानी रजिष्टर लागतकाे कागजपत्र जलाएकाे उनले वताए ।

विद्यार्थीहरुले विद्यालयकाे समस्या सम्बन्धमा नगरपालिकाका मेयर नितेन्द्र साह संग भेटन नगरपालिकाकाे कार्यलय पुगेका थिए । नगरपालिका मेयर साह कार्यालयमा नभेटिए पछि कर्मचारी, केही स्थानिय र विद्यार्थी विच विवाद हुदा झडप समेत हुन पुग्याे ।

जुन झडपामा परेर ४ विद्यार्थीहरु घाइते समेत भएका छन् । कक्षा ९ का संजय कुमार तुराहा, कक्षा ७ का शेषनाथ प्रसाद यादव, साेही कक्षाकी पुनिता कुमारी पटेल र अजय साह तुराहा घाइते भएका छन् । घाइते चारै जनाकाे नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेकाे छ ।

नगरपालिकाका कर्मचारी र मेयर साह पक्षधर केही स्थानियहरुले विद्यार्थीहरुलाई कुटपिट गरे पछि झन आक्राेसित बनेका विद्यार्थीहरु ताेडफाेड र आगजनीमा उत्रेका थिए ।

विद्यार्थीहरुले नगरपालिका कार्यालय अगाडी टायर बालेर प्रदर्शन समेत गरेका थिए ।  विद्यार्थीहरुकाे प्रदर्शन, ताेडफाेड र आगजनीका कारण शुक्रबार दिनभर साे क्षेत्र तनावग्रस्त रह्याे ।

विद्यार्थीहरुकाे ताेडफोड र आगजनीबाट क्षति भएकाे सम्पुर्ण विवरण आइनसकेकाे प्रहरीले जनाएकाे छ भने अनुमानित रु २५ लाख जतिकाे क्षति भएकाे प्रहरीकाे अनुमान छ ।

नगरपालिका मेयर बाहिर रहेका कारण विवादका सम्बन्धमा छलफल हुन नसकेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक सिंहले वताए । भाेली शनिबार मेयर साहेब आए पछि समस्या सम्बन्धमा छलफल गरी विवाद समाधान गरिने प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:218. Generation time:7.110 sec. Memory consumption:82.54 mb