30 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीमा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

पर्सा । पर्साको सखुवा प्रसाैनी गाउँपालिकामा आज हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । सखुवा प्रसौनी गाउँपालिकाकाे आयोजनामा श्री दिपनारायण आदर्श माध्यमिक विद्यालय औराहा पन्चगवामा भएकाे प्रतियाेगितामा सम्पन्न भएकाे हाे ।

श्री दिपनारायण आदर्श माध्यमिक विद्यालयका प्राध्यापक शिवनाथ प्र.चौधरीकाे अध्यक्षतामा र गाउँपालिकाको अध्यक्ष प्रदीप जयसवालको प्रमुख अतिथिमा भएकाे प्रतियाेगितामा समाजिक विकास शाखा प्रमुख बिनोद प्र यादव, योजना प्रमुख कमलेश सहनी, स्थानीय पंजीकरणका फिल्ड सहायक सबिता तिमल्सिना, शिक्षक शिक्षिकाहरू र छात्रछात्राहरूको उपस्थिति रहेको थियो ।

बिधालयका कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुलाई रातो, हरियो, निलो, ओरेन्ज र पहेलो रङ्ग नाम दिइएकाे ५ वटा समुहमा विभाजित गरी प्रतियाेगिता भएकाे थियाे । साे प्रतियोगितामा प्रथम हरियो समुह, दोस्रो ओरेन्ज समुह र तेस्रो निलो समुह भएको थियाे ।

कार्यक्रमकाे प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जयसवालले बिजय समुहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:7.952 sec. Memory consumption:82.79 mb