32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

सुचना प्रविधीको विकासमा आइटी मेलाले टेवा पुग्ने : पुर्व राष्ट्रपती यादव

वीरगंज । नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फाटेक आईटि मेला २०२० आज उद्घाटन भएको छ ।

वीरगंज नगर सभा गृहमा आयाेजित आइटी मेलाकाे एक समारोहका विच नेपालका प्रथम राष्ट्रपती डा. रामवरण यादवको उद्घाटन गरेका छन् । मेलाको उद्घाटन डिजीटल प्रविधीबाट रोबोटका माध्यमले रिबन काटेर गरिएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्व राष्ट्रपति यादवले २१ औ शताब्दीमा सुचना प्रविधि नभइ नहुने विषय भएकाे बताए । नेपालले सुचना प्रविधिको क्षेत्रमा ठुलै फड्को मार्न नसकेपनि यस्ता खालका आईटि मेलाहरुले नेपालमा सुचना प्रविधिको विकासमा टेवा पुग्ने उनले बताए ।

क्यान महासंघ पर्साका अध्यक्ष दिपक शाहको सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, क्यान महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवर, क्यान महासंघ का निर्वतमान अध्यक्ष हेमन्त चौरसिया, क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोक चौरसिया, क्यान महासंघका पुर्वमहासचिव पंकज जलान, वीरगञ्ज महानगरपालिका शिक्षा प्रशासन महाशाखा अध्यक्ष अरविन्द लाल कर्ण, भारतीय दुतावास वीरगञ्जका नितेश कुमार, प्रभुपेका विजय अधिकारी लगायत क्यान महासंघका केन्द्रिय सदस्य तथा प्रदेश २ का जिल्ला अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

आजबाट प्रारम्भ भएको आईटि मेला आगामी १३ गतेसम्म वीरगञ्जस्थित नगर सभागृहमा जारी रहनेछ । मेलामा सुचना प्रविधीसँग सम्बन्धीत ६० भन्दा बढी स्टलहरु राखिएको छ । रोबोट वार, साँस्कृतिक प्रस्तुती तथा आईटि सम्मेलन मेलाको मुख्य आकर्षणको रुपमा रहेकाे आयाेजक संस्था क्यान पर्साका सदस्य आसु कुमार सरार्फले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भन्सार र सुरक्षाकर्मीको व्यवहारप्रति व्यापारीको गुनासो

कालिका टाईम्स

सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउन महानगर र उद्योगीको हातेमालो

न्युज डेस्क

वीरगंजका खुद्रा व्यवसायीको समस्याप्रति विउवासंघ गम्भिर

न्युज डेस्क
SQL requests:217. Generation time:3.968 sec. Memory consumption:82.59 mb