वीरगंज । वीरगंज भन्सार कार्यालय भित्र रहेकाे पुरानाे गाेदाम घरमा मंगलबार साझ आगलगी भएकाे छ । बिधुत सर्ट भई सांझ ७:३५ बजे भएकाे आगलगी ८:५० मा नियन्त्रणमा आएकाे हाे ।
वीरगंज महनगरपालिकाबाट पुगेकाे २ वटा दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वीरगंज भन्सार कार्यालयका कर्मचारीहरुकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे छ ।
आयाेग नियन्त्रणमा आए पछि पनि जितपुर सिमरा उपमहानगरपालिकाबाट १ वटा, कलैया उपमहानगरपालिकाबाट १ वटा र पाेखरिया नगरपालिकाबाट १ गरी ३ वटा दमकल आगलगी स्थलमा पुगेकाे थियाे ।
आगलगी भएकाे गाेदाममा वेस्टेज(wastage) सामानहरु मात्र रहेकाे र कुनै पनि मानविय क्षति नभएकाे वीरगंज भन्सार कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस