12 May 2025
KALIKATIMES.COM

वीरगंज २७ मा नेकपाकाे वडा भेला सम्पन्न

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे वीरगंज महानगरपालिकाकाे वडा नं. २७ काे वडा भेला आज सम्पन्न भएकाे छ । भेलाका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा वीरगंज महानगर इन्चार्ज दिनेश राईले वडाकाे विकास निर्माणकाे सम्पूर्ण जिम्मेवारी वडा कमिटीकाे कांधमा रहेकाेले आ आफ्नाे ठाउँबाट याेगदान गर्न आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथी नेकपा वीरगंज महानगरका अध्यक्ष रहबर अन्सारीले दुई पार्टी बिचकाे एकता भई बनेकाे नेकपाले नै मुलुक परिवर्तन गर्न सक्ने भएकाेले पार्टीमा सक्रिय रुपमा लाग्न आग्रह गरे । पार्टीकाे एकताकाे भावनालाई आत्म साथ गर्दै एकले अर्काकाे अस्तित्व स्विकार्दै कमिटी गतिशल बनाउन तर्फ लाग्नु पर्ने उनले वताए ।

कार्यक्रमका अतिथी नेकपाका वीरगंज महानगर सचिव डा. बिश्वम्बर शर्माले प्रदेश २ मा पनि हाम्राे पार्टीकाे सरकार बन्नसक्ने सम्भावना रहेकाेले पार्टीकाे कुनै पनि कार्यकर्तालाई विच्लीत नहुन आग्रह गरे ।

प्रेम प्रसाद यादवकाे अध्यक्षतामा भएकाे भेलामा पार्टीका जिल्ला सदस्यहरु प्रभु पासवान, नन्दकिशाेर पंजियार, अकलु यादव, अमिता बचन दास, मनाेज कुशवाहा, संताेश पासवना, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान, अनेरास्ववियुकाे केन्द्रिय सदस्य जुबेर आलम लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.293 sec. Memory consumption:82.48 mb