11 May 2025
KALIKATIMES.COM

ठगी मुद्दामा नेकपा प्रदेश सदस्य बैठा प्रहरी नियन्त्रणमा

वीरगंज । ठगि मुद्दामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठा प्रहरी नियन्त्रणमा परेका छन् । नेपाल प्रहरीकाे असई बनाईदिनकाे लागि रु ७ लाख घुस लिएकाे आराेपमा बैठालाई नियन्त्रणमा लिइएकाे पर्साका प्रहरी उपरिक्षक समाेन्द्र सिंह राठाैरले वताए ।

उनले भने “२०७२ साल मै राैतहटकाे माैलापुर नगरपालिका वडा नं. ७, सगैया निवासी प्रदिप कुमार साहलाई प्रहरी सहायक निरिक्षक (असई) पदमा जागरि लगाइदिने भनि बैठाले रु ७ लाख घुस लिएकाे आराेपमा २ महिना पहिला नै मुद्दा दर्ता भएकाे थियाे । साेही मुद्दामा बैठालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेकाे छ ।”

प्रहरीले ३ जना माथी ठगी मुद्दा दर्ता गरेका थिए । जस मध्येका २ जना पक्राउ परी केही दिन पहिला नै अदालतकाे आदेश अनुसार धराैटीमा रिहा भइसकेका छन् । जुन मुद्दाका प्रमुख अभियुक्त मानिएका पाेखरिया नगरपालिका वडा नं. १ बनकटवा निवासी बैठा साेमबार आफै जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएकाे प्रहरी उपरिक्षक राठाैरले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:3.323 sec. Memory consumption:82.48 mb