31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

बर्षमा एक पटक सबैले स्वास्थ्य परिक्षण गराउनु पर्छ : डा. कुर्मी

वीरगंज । वीरगंज १३ स्थित रहेकाे तराई हाँस्पिटल एण्ड रिसर्च सेन्टरले शुक्रबार पत्रकार सम्मेलन गरेकाे छ । हाँस्पिट मै भएकाे पत्रकार सम्मेलनमा वाेल्दै हाँस्पिटलका डा. राेशन कुर्मीले प्रदेश २ मा स्पेशलिस्ट कुनै पनि हाँस्पिटल नभएकाे वताए ।

स्पेशलिस्ट हाँस्पिट नभएकै कारण प्रदेश बाहिर उपचार गराउन जान्नु पर्ने वाध्यता रहेकाे वताए । यसका साथ प्रदेश नं. २ सुगम जिल्ला भएका पनि बाटाेघाटाे राम्राे नभएका कारण यहाँकाे वासीकाे स्वास्थ्य र उपचारमा समस्या भएकाे वताए ।

नेपाल सरकारकाे तथ्याँक अनुसार २० बर्ष भन्दा कम उमेर मै नेपालमा २७ प्रतिशत महिलाले बच्चा जन्माउने गरेकाे उनले जानकारी गराए । प्रदेश नं. २ का ५० प्रतिशतलाई टिभि राेगकाे इन्फेक्सन भइसकेकाे उनकाे भनाई थियाे ।

त्यसैले बर्षमा एक पटक सबैले आफ्नाे स्वास्थ्य परिक्षण गराउनु पर्ने उनकाे सुझाव थियाे ।

उनले एकै ठाउँमा सम्पूर्ण सेवा सुविधा प्रदान गर्नकाे लागि आफुले सेवाकाे लागि अस्पताल संचालनमा ल्याएकाे वताए । फरक फरक ठाउँमा उपचारकाे जानु पर्ने बाध्यता अन्त्य र कम पैसामा बढी उपचारकाे लागि अस्पताल संचालनमा ल्याएकाे उनकाे भनाई थियाे ।

पत्रकार सम्मेलनमा डा. कुर्मीकाे साथै डा. आनन्द चाैरसिया र अस्पतालका प्रशासन प्रमुख अजय गुप्ताकाे पनि उपस्थिती रहेकाे थियाे ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:4.408 sec. Memory consumption:82.49 mb