30 C
Birgunj
20 May 2025
KALIKATIMES.COM

नेपाली कांग्रेस जनताकाे घरदैलाेमा पुगी जनताकाे समस्या र गुनासाे सुन्दै

वीरगंज । नेपाली कांग्रेस पर्साले आज तेस्रो दिन वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर ८ मा घरदैलाे गरेकाे छ । जनतासँग सधै काँधमा काँध मिलाएर अघि बढिरहेको नेपाली कांग्रेसले जनताको घरदैलोमा पुगेर उनीहरुका समस्या र गुनासो सम्बोधनको प्रयास गरेको नेता अनिल रुंगटाले वताए ।

घरदैलोकाे क्रममा वडाबासीहरुले खानेपानीको समस्या, फोहरमैलाको समस्या, बोरिङको समस्या, युवा क्लबहरुमा खेल सामग्रीको अपुग, शिव मन्दिरको मर्मत संभारको आवश्यकता लगायतका विविध बिषयमा गुनासो गरेका थिए ।

नेपाली कांग्रेस पर्साको घरदैलोमा महानगरपालिकाकी उपमेयर शान्ति कार्की, पूर्व सभासद अनिल रुंगटा, जिल्ला सभापति अजय दुर्वेदी, नगर सभापति भोला कलवार, अरविन्द गुप्ता, विजय सरार्फ लगायतकाे नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स

ठाकुरराम क्याम्पसमा शिक्षकलाई कार्यकक्षमै थुनेर विद्यार्थीको विरोध

कालिका टाईम्स
SQL requests:218. Generation time:7.454 sec. Memory consumption:82.72 mb