35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

महिला राेग परिक्षण तथा स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा बुधबार महिला राेग परिक्षण तथा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे शिविरमा एक सय ७५ जनाले स्वास्थ्य परिक्षण गराएकाे गाउँपालिका स्वास्थ्य संयाेजक याेगेन्द्र प्रसाद चाैरसियाले वताए ।

जय मध्य ३२ जनाकाे भिडियाे एक्स-रे र ३२ जनाकाे चिनी, पिसाव, टिसिडिसि जस्ता ल्याब परिक्ष समेत गरिएकाे संयाेजक चाैरसियाले जानकारी गराए ।

मुडली स्वास्थ चाैकीमा भएकाे शिविरमा स्त्री राेग बिशेषज्ञ डा. रामाधार महताे, मेडिकल कन्सलटेन्ट डा. जेपि जयसवाल, मेडिकल अधिकृत डा. मधु पटेलकाे टाेलीद्वारा स्वास्थ्य परिक्षण गरिएकाे थियाे ।

शिविरकाे उदघाटन गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाले गरेका थिए भने उदघाटन समाराेहमा गाउँपालिका उपाध्यक्ष राजेश कुमार चाैरसिया, प्रमुख प्रशासकिय अधिकृत राजु साह, वडा नं. १ का निमित वडाध्यक्ष रामशिष प्रसाद यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

शिविरकाे व्यवस्थापन स्वास्थ्य संयाेजक प्रमुख चाैरसिया र सह संयाेजक महेन्द्र प्रसाद चाैरसियाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:5.903 sec. Memory consumption:82.45 mb