26.2 C
Birgunj
21 May 2025
KALIKATIMES.COM

जनताको पिरमार्का बुझन वीरगन्जमा काँग्रेसले घरदैलो अभियान संचालन गर्ने

वीरगन्ज । नेपाली काँग्रेस पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रमा घरदैलो अभियान संचालन गर्ने भएको छ । काँग्रेस पर्सा क्षेत्र नम्बर १ को बसेको बैठकले पौष २४ गतेदेखि माघ ३ गतेसम्म ‘घरदैलोमा गएर जनताको पिरमार्का बुझदै नेपाली काँग्रेस’ भन्ने नारा साथ घरदैलो अभियान चलाउँने निर्णय गरेको क्षेत्रिय सभापती विजय सर्राफले बताए ।

पर्सा क्षेत्र नम्बर १ वीरगन्ज महानगरपालिकाको विकास निर्माणको अवस्था र जनताले भोग्नु परेको पिरमर्कालाई कसरी समाधान गर्ने उदेश्यले घरदैलो अभियान संचालनमा ल्याएको सभापती सर्राफले बताए ।

क्षेत्रिय समितिले संचालन गर्ने घरदैलो अभियानमा पार्टीका जिल्ला सभापती अजय दुवेदी, महानगरपालिकाकी उपमेयर एवं काँग्रेसकी महिला नेतृ शान्ति कार्की, पूर्व सांसद एवं उद्योगपति अनिल रुगंटा लगायतको सहभागिता रहने छ ।

पौष २४ गते वीरगन्ज महानगरपालिको वडा नम्बर ७ माईस्थान विद्यापिठ मावि नजिक, २५ गते शुक्रबार वडा नम्बर २० हरपतगंज, २७ गते आईतबार वडा नम्बर १० गहवा र २८ गते सोमबार वडा नम्बर २२ जगरनाथपुर हुने छ ।

त्यसैगरी २९ गते मंगलबार वडा नम्बर १४ पिपरामा, माघ २ गते विहिबार वडा नम्बर ५ को रेशमकोठी र माघ ३ गते शुक्रबार वडा नम्बर १६ नगवामा घरदैलो अभियान संचालन हुने क्षेत्रिय सभापती सर्राफले बताए ।

पहिलो चरणमा सातवटा वडाहरु घरदैलो अभियान संचालन गरेर शुरुवात गरिएको छ, त्यसपछि क्षेत्र नम्बर १ को बाँकी रहेको अन्य वटाहरुमा दोश्रो चरणमा अभियानलाई निरन्तरता दिने समितिले जनाएको छ ।

अभियानले जनताको गुनासो सुनेर त्यसको समस्या समाधान गर्नको लागि सम्बन्धीत निकायमा पहल गरी समाधान गर्ने प्रतिबद्धता समेत जनाईएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स

ठाकुरराम क्याम्पसमा शिक्षकलाई कार्यकक्षमै थुनेर विद्यार्थीको विरोध

कालिका टाईम्स
SQL requests:214. Generation time:5.374 sec. Memory consumption:82.49 mb