Saturday, May 31, 2025

गणतन्त्र दिवसमा परवानीपुर गाउँपालिकामा पनि रक्तदान

Date:

परवानिपुर । १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार बाराको परवानिपुर गाउँपालिकामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, उपाध्यक्ष सुगान्धी देवी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले रक्तदानको महत्व औल्याउँदै रगतको पोका हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारसहित ३० जनाले रक्तदान गरे । कार्यक्रममा उमेश गुप्ता, सन्दिप पासवान, अनिल कुमार श्रीवास्तव, लालबाबु महरा, जयकृष्ण मिश्र, उनेश महतो, जय कुशवाहा, सन्देश यादव, मनि प्रकाश सर्राफ, रुपेश मण्डल, राजा कुमार साह, राम सन्देश साह, सावन कुमार मण्डल, विशाल साह, ललन प्रसाद साह, सुगान्धी देवी लगायतले पनि रक्तदान गरेका हुन् ।

कार्यक्रमको उद्देश्य रक्त अभावको समस्या समाधान गर्दै जीवनरक्षात्मक सहयोग पुर्‍याउनु रहेको आयोजक पक्षले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले रक्तदानलाई जीवनदायी अभियानको रूपमा चित्रण गर्दै, “रक्तदानले कसैको जीवन बचाउन सक्छ भन्ने सन्देश यो कार्यक्रममा सहभागीले दिएको वताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले “गणतन्त्र दिवसको अवसरमा आयोजित यो रक्तदान कार्यक्रमले समाजमा सहकार्य र मानव सेवाको भावना बढाउनेछ” भन्दै कार्यक्रमको सफलताको प्रशंसा गरे ।

गणतन्त्र दिवसको अवसरमा गरिएको यो रक्तदान कार्यक्रमले नागरिकहरूमा सामाजिक उत्तरदायित्वको भावना थप मजबुत पार्ने विश्वास लिइएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सरकारको आगामी बजेटमा नारायणी रंगशाला प्राथमिकता किन परेन ? के भन्छन् जिल्लाबासी !

वीरगन्ज । सरकारले अगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा वीरगंजलाई वेवास्ता गरेको देखिएको छ । सरकारमा पर्साका ३ मन्त्रीहरु हुँदा हुँदा पनि सरकारले वीरगंजको...

निरन्तर बेरुजु घटाँउदै परवानीपुर गाँउपालिका

वीरगंज । बाराको परवानीपुर गाँउपालिका कार्यालयले महालेखाको परिक्षणमा विगतको भन्दा अहिले निरन्तर बेरुजु घटाउँदै लगेको पाईएको छ । महालेखाको पछिल्लो तीन आर्थिक बर्षको प्रतिवेदन...

चलचित्रद्वारा पर्यटन विकासको लागि मेयर सिंहलाई पत्रकार संघ पर्साको आग्रह

वीरगंज । चलचित्र पर्यटन प्रवर्धनकाे सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ । शुक्रबार...