Friday, May 30, 2025

वीरगंजका मेयर सिंहद्वारा विभिन्न वडाहरूमा सडक निर्माण कार्यको अनुगमन

Date:

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २७ उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको मेयर राजेशमान सिंहले अनुगमन गरेका छन् । अनुगमनकाे क्रममा मेयर सिंहले सडक निर्माणको गुणस्तरमा विशेष ध्यान दिनु पर्ने र निर्धारित समयसीमामा काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यसै क्रममा वडा नं. २१ परवानीपुरमा पटेल नगरतर्फको सडक निर्माण कार्यको समेत मेयर सिंहले अनुगमन गरेका हुन् । त्यहाँ मुख्य सडकबाट पटेल नगरतर्फको सडकमा देखिएको अवरोध हटाएर निर्माण कार्य द्रुतगतिमा अगाडि बढाइएको छ।

वडा नं. १४ स्थित सानो पिप्रा बौद्धिमाईमा सम्पन्न भएको कालोपत्रे सडकको निरीक्षण गर्दा मेयर सिंहले सडक निर्माणले स्थानीय आवागमन सहज बनाउने र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अनुगमनकाे क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति थियो । स्थानीय वासिन्दाहरूले सडक निर्माणको पहलप्रति प्रसन्नता व्यक्त गर्दै यसले आफ्नो जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छन् ।

वीरगंज महानगरपालिकाले गाउँ तथा शहरलाई जोड्ने आधारभूत पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै सडक, ढल र खानेपानी परियोजनाहरूमा गति थपेको छ । हाल महानगरका सबै वडामा कालोपत्रे सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ, जसले समग्र महानगरको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

निरन्तर बेरुजु घटाँउदै परवानीपुर गाँउपालिका

वीरगंज । बाराको परवानीपुर गाँउपालिका कार्यालयले महालेखाको परिक्षणमा विगतको भन्दा अहिले निरन्तर बेरुजु घटाउँदै लगेको पाईएको छ । महालेखाको पछिल्लो तीन आर्थिक बर्षको प्रतिवेदन...

चलचित्रद्वारा पर्यटन विकासको लागि मेयर सिंहलाई पत्रकार संघ पर्साको आग्रह

वीरगंज । चलचित्र पर्यटन प्रवर्धनकाे सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ । शुक्रबार...

‘आपन भाषा आपन पहिचान’ अभियानको दोस्रो कार्यक्रम सम्पन्न

वीरगंज । भोजपुरी प्रतिष्ठान, वीरगंजकाे आयोजनामा सञ्चालित ‘आपन भाषा आपन पहिचान’ अभियानको दोस्रो साप्ताहिक कार्यक्रम वीरगंजकाे चिनीमिलस्थित सिद्धार्थ माद्यमिक विद्यालयमा सम्पन्न भएकाे छ । प्रतिष्ठानका...