वीरगंज । पर्साको धोबिनी गाउँपालिकाको समाजवादी पार्टीमा भुइचालो गएको छ । धोबिनी गाउँपालिकामा तत्कालीन संघिय समाजवादी फोरम र हालको समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु धमाधम पार्टी छाडन थालेकाले भुइचालो गए जस्तो भएको छ ।
तत्कालीन फोरमबाट निर्वाचित वडा नं. २ का वडाध्यक्ष नन्दलाल राउत कुर्मी पार्टी परित्याग गरि नेकपामा प्रबेश गरेको एक हप्ता नवित्दै पुन: फोरमबाट निर्वाचित अर्को २ गाउँ कार्यपालिका सदस्य सहित अन्य कार्यकर्ता पनि नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन । वडा न.१ घोडदौडा पिपराकी फोरमाबाट निर्वाचित गाउँ कार्यपालिका सदस्य मलहरी देवी महरा र शान्ती देवी पटेल मंगलबार काङ्ग्रेसमा प्रबेश गरेका छ्न ।
यस्तै सोही पार्टीका सुरेश प्र.कुर्मी, सरोज पटेल, धरमन राउत, शिव चन्द्र साह रौनियार, रन्जित पटेल लगायतका दर्जनौं कार्यकार्ता पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।
पार्टी प्रबेश गरेकाहरुलाई एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी लगायतकाले अबिरको टीका लगाई स्वागत गरेका थिए ।