Thursday, May 29, 2025

पर्सामा चट्याङ लागेर एक युवकको मृत्यु

Date:

वीरगंज । पर्सामा वर्षासँगै परेको चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार बिहान वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहुदरमाई नगरपालिकाको वडा नं. ३ बैरिया विर्ता निवासी ३५ वर्षीय माधव रामको मृत्यु भएको हो ।

बिहान साढे ६ बजे खेतमा गएको बेला राम चट्याङ लागि गम्भीर घाइते भएको र उनलाई उपचारका लागि वीरगञ्ज हेल्थकेयर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

थप समाचार

गाैतम माविमा अभिभावक अभिमुखिकरण सम्पन्न

वीरगंज । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयमा बुधबार अभिभावक अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा कक्षा युकेजी (UKG) का...

गरिव श्रमजीवि विरोधी निजामती ऐन फिर्ता लिनुपर्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले श्रेणीविहिन कर्मचारीलाई सरकारी सेवाबाट निषेध गर्ने गरी प्रस्तावित संघीय निजामती ऐन आफूलाई अस्वीकार्य रहेको...

वीरगंजका मेयर सिंहद्वारा विभिन्न वडाहरूमा सडक निर्माण कार्यको अनुगमन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २७ उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको मेयर राजेशमान सिंहले अनुगमन गरेका छन् । अनुगमनकाे क्रममा मेयर सिंहले सडक निर्माणको...