Date
मङ्ल, जेष्ठ २०, २०८२
Tue, June 3, 2025

शेख मकबुल समूहले बैंक खातामार्फत करोडौं ठगी गरेको आरोप

वीरगंज । वीरगंज १६, नगवा निवासी शेख मकबुल नेतृत्वको समूहले दर्जनौं सर्वसाधारणलाई ठगी गरेको आरोप सार्वजनिक भएको छ। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वाका दिपेश कुमार पटेलसहित पीडितहरुले आइतबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै आफूहरू ठगीको शिकार भएको बताएका हुन्।

दिपेश पटेलका अनुसार शेख मकबुलको समूहले महालक्ष्मी विकास बैंक, सिद्धार्थ बैंक, सिटिजन बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, गरिमा बैंकलगायत विभिन्न बैंकमा खाता खोल्न लगाएर ती खाताहरूको चेकबुक र एटीएम कार्ड आफैंसँग राखी ठगी गरेका छन्। पीडितहरूका खाताहरूको दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरूसँग फोनमार्फत रकम संकलन गरिएको र केही खातामा करोडौं रुपैयाँ बराबरको कारोबार भएको बैंक स्टेटमेन्टमा देखिएको दिपेशको भनाइ छ।

पत्रकार सम्मेलनमा फेटा गाउँपालिका वडा नं. ४ का अनुरोध महतो, छिपहरमाई गाउँपालिका वडा नं. ५ का रामशिष कुर्मी, सोही ठाउँका अबरार हसन, कालिकामाई गाउँपालिका वडा नं. १ का शुभनारायण प्रसाद चौरसिया, वडा नं. ३ का शिवनारायण चौरसियालगायतले पनि आफुहरू ठगिएको बताएका छन्।

शेख मकबुल समूहमा वीरगंजका पप्पु भनिने नितेश चौरसिया, शेख साहिल, अमन शर्मा समेतको संलग्नता रहेको बताइएको छ। यद्यपि शेख मकबुललाई १० दिनअघि पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाइएको भए पनि पीडितहरूले ठगीको मुद्दा चलाउनुपर्ने माग गरेका छन्।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले हालसम्म ठगीको जाहेरी नपरेको बताएका छन् । उनले ठगीकाे जाहेरी आएमा साेही अनुसार कानूनी प्रक्रिया अघि बढाइने बताएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज ‘हीट स्ट्रोक’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

वीरगंज । गर्मीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको आयोजनामा “हीट स्ट्रोक: लक्षण, व्यवस्थापन र रोकथाम” विषयमा एकदिने जनचेतनामूलक कार्यक्रम आज...

लिटिल एञ्जल्स स्कूलमा कक्षा कोठा सजावट प्रतियोगिता सम्पन्न

वीरगंज । लिटिल एञ्जल्स स्कूल, वीरगञ्जमा विद्यार्थीहरूको सिर्जनशीलता, सौन्दर्य चेतना र सहकार्य क्षमताको अभिवृद्धि गर्न ‘कक्षा कोठा सजावट प्रतियोगिता’ आयोजना गरिएको छ । विद्यालयमा सकारात्मक...

बिकाशमा नमुना बन्दै परवानीपुर गाउँपालिका

वीरगंज । नेपालको सबैभन्दा कान्छो गाँउपालिकाको रुपमा रहेको बाराको परवानीपुर गाँउपालिका बिकाशको अनुपम बन्दै गएको छ । त्रिभुवन लोकमार्ग संग जोडिएको परवानीपुर गाँउपालिकामा ग्रामिण...