वीरगंज । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको उपलक्ष्यमा पर्सा जिल्ला स्थित वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका करिब २०० जना बिरामीलाई फलफूल वितरण गरिएको छ ।
नेपाल प्रेस युनियन पर्साले आइतबार नारायणी अस्पतालको प्रसूति वार्ड, मेडिसिन वार्ड, आइसियु, सिसियु, पोष्टअप तथा सर्जिकल वार्ड लगायतका विभागहरूमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको हो ।
कार्यक्रम वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदनारायण सिंह, प्रेस युनियन पर्साका अध्यक्ष विजय महतो, साथै हुकुम सिंह, नुर आलम, सन्जय गुप्ता, क्रान्ति शाह, शेष हजरा लगायतको उपस्थिति रहेको थियो ।