Friday, May 30, 2025

नेशनल मेडिकल कलेजमा स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया

Date:

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेजमा आज बिरगंज महानगरपालिकाका ३२ वटा वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कलेजको नेतृत्वमा नेपाल सरकारले मान्यता दिएको विभिन्न स्वास्थ्य सेवा कार्यक्रमहरूको जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहले गर्नुभएको थियो भने प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी रहनुभएको थियो। उहाँले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिकका लागि औषधि उपचार, क्षयरोग (टीबी) नियन्त्रण कार्यक्रम, खोप सेवा तथा कर्मचारी सञ्चय कोष सेवाजस्ता सुविधाहरूको बारेमा जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य चौकी प्रमुखहरूलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाल सरकारले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराए पनि धेरै नागरिकहरूले यसबारे पर्याप्त जानकारी नपाएर लाभ लिन सकेका छैनन्। त्यसैले तपाईँहरू आफ्ना वडामा यस्ता कार्यक्रमको जानकारी विस्तार गर्नुहोस्।”

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ अस्मिन, एडमिसन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ता, मेट्रोन विकास गुप्ता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि अंसारीले मधेश प्रदेशका आठ जिल्लामा समेत यस्तै अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो।

यस अन्तरक्रियाले स्वास्थ्य चौकी प्रमुखहरूलाई आफ्नो वडामा जनचेतना अभिवृद्धि गर्ने र नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउने दिशामा प्रेरित गरेको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

निरन्तर बेरुजु घटाँउदै परवानीपुर गाँउपालिका

वीरगंज । बाराको परवानीपुर गाँउपालिका कार्यालयले महालेखाको परिक्षणमा विगतको भन्दा अहिले निरन्तर बेरुजु घटाउँदै लगेको पाईएको छ । महालेखाको पछिल्लो तीन आर्थिक बर्षको प्रतिवेदन...

चलचित्रद्वारा पर्यटन विकासको लागि मेयर सिंहलाई पत्रकार संघ पर्साको आग्रह

वीरगंज । चलचित्र पर्यटन प्रवर्धनकाे सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ । शुक्रबार...

‘आपन भाषा आपन पहिचान’ अभियानको दोस्रो कार्यक्रम सम्पन्न

वीरगंज । भोजपुरी प्रतिष्ठान, वीरगंजकाे आयोजनामा सञ्चालित ‘आपन भाषा आपन पहिचान’ अभियानको दोस्रो साप्ताहिक कार्यक्रम वीरगंजकाे चिनीमिलस्थित सिद्धार्थ माद्यमिक विद्यालयमा सम्पन्न भएकाे छ । प्रतिष्ठानका...