Friday, May 30, 2025

जगरनाथपुरमा भब्य रुपमा मनाइयो गणतन्त्र दिवस

Date:

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले १८औँ गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । दसौता–इनर्वा बोर्डर क्षेत्रलाई गणतन्त्र दिवसका लागि विशेष रूपमा सजाइएको थियो । गाउँपालिकाले नेपाल–भारत सीमामा राष्ट्रिय झण्डा झण्डोत्तलन गरिनुका साथै सिमा क्षेत्रमा सूचना केन्द्रको स्थापना समेत गरिएको छ । गणतन्त्र दिवसको अवसरमा सिमा सुरक्षा वल सशस्त्र प्रहरीका अधिकारीहरुको उपस्थितीमा सिमामा नेपालको झण्डा फहराइएको छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बिहिवार नै तीनवटा निर्माण सम्पन्न भई संचालनमा आएका योजनाहरूको उद्घाटन गरेका छन् । इनर्वा–दसौता सिमा क्षेत्रमा नेपाल पर्यटन बोर्ड र जगरनाथपुर गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न भएका पर्यटक सूचना केन्द्र, कुस्ती अखाडा, सशस्त्र प्रहरी बलको सुरक्षा पोस्ट र राष्ट्रिय ध्वज स्थलको उद्घाटन गरिएको हो । साथै, सिमा क्षेत्रको नेपाली भूमिमा “सेल्फी स्टल” समेत निर्माण गरिएको छ । अब यो क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने अध्यक्ष यादवको विश्वास छ ।

सौन्दर्यकरण पश्चात इनर्वा–दसौता सिमा क्षेत्र झनै मनमोहक देखिएको छ । उद्घाटन तथा झन्डा फहराउने कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले लोकतन्त्रले दिएको उपलब्धिहरूलाई आत्मसाथ गर्दै स्थानीय सरकारले विकासको मूल फुटाएको बताए । उनले लोकतन्त्रको विकल्प पुनः लोकतन्त्र नै रहेको उल्लेख गर्दै लोकतन्त्रपछिको परिवर्तनले जनताको जीवनशैलीमा सकारात्मक असर पारेको तथा विकासको गति तीव्र रुपमा अघि बढिरहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बबिता सिंह, सशस्त्र प्रहरी बल १३ नं. गणका प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा नं. १ का अध्यक्ष लक्ष्मी साह तेली, भारतीय सीमा सुरक्षा बलका निरीक्षक आर.डी. कोमल लगायतको उपस्थिती रहेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

निरन्तर बेरुजु घटाँउदै परवानीपुर गाँउपालिका

वीरगंज । बाराको परवानीपुर गाँउपालिका कार्यालयले महालेखाको परिक्षणमा विगतको भन्दा अहिले निरन्तर बेरुजु घटाउँदै लगेको पाईएको छ । महालेखाको पछिल्लो तीन आर्थिक बर्षको प्रतिवेदन...

चलचित्रद्वारा पर्यटन विकासको लागि मेयर सिंहलाई पत्रकार संघ पर्साको आग्रह

वीरगंज । चलचित्र पर्यटन प्रवर्धनकाे सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ । शुक्रबार...

‘आपन भाषा आपन पहिचान’ अभियानको दोस्रो कार्यक्रम सम्पन्न

वीरगंज । भोजपुरी प्रतिष्ठान, वीरगंजकाे आयोजनामा सञ्चालित ‘आपन भाषा आपन पहिचान’ अभियानको दोस्रो साप्ताहिक कार्यक्रम वीरगंजकाे चिनीमिलस्थित सिद्धार्थ माद्यमिक विद्यालयमा सम्पन्न भएकाे छ । प्रतिष्ठानका...