Friday, May 30, 2025

गरिव श्रमजीवि विरोधी निजामती ऐन फिर्ता लिनुपर्छ : प्रभु साह

Date:

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले श्रेणीविहिन कर्मचारीलाई सरकारी सेवाबाट निषेध गर्ने गरी प्रस्तावित संघीय निजामती ऐन आफूलाई अस्वीकार्य रहेको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आज सार्वजनिक वक्तव्य जारी गर्दै अध्यक्ष साहले गरिब श्रमजीवी वर्गमाथि विभेद गर्न ल्याइएको निजामती ऐन तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । उनले श्रेणीविहिन कर्मचारीलाई स्थायी गर्न विज्ञापनमार्फत प्रक्रिया अघि बढाउनुपर्ने सुझावसमेत दिएका छन् ।

“सरकारी कार्यालयको तल्लो तहमा काम गर्ने कार्यालय सहयोगी, सवारी चालक, माली, स्वीपर, गार्ड, हल्कारालगायत श्रेणीविहिन कर्मचारीको स्थायी पदपूर्ति रोक्ने गरि आएको संघीय निजामती ऐन कुनै हिसाबले उचित छैन,” साहले भने।

उनले सरकारमाथि कर्मचारीबीच भेदभाव गर्ने आरोप लगाउँदै श्रेणीविहिन कर्मचारीलाई अन्य कर्मचारी सरह स्थायी बनाइ सेवासुविधा दिनुपर्ने माग राखेका छन् ।

साहले भनेका छन्, “संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा पेश भएको यो विधेयकले गरिब श्रमजीवी जनतालाई सरकारी सेवाबाट पूर्णतः निषेध गरेको छ। २१औं शताब्दीको लोकतान्त्रिक युगमा यस्तो विभेद संविधान विपरित मात्र नभई मानवताविरोधी अपराध समेत हो ।”

उनले संसद जस्तो सम्मानित संस्थाबाट यस्तो व्यवस्था ल्याइनु दुःखद भएको भन्दै लामो समयदेखि तल्लो तहमा काम गरिरहेका श्रेणीविहिन कर्मचारीहरूलाई स्थायीत्व दिनुपर्नेमा जोड दिएका छन् ।

“सरकारी सेवामा ग्रेडबृद्धि र पेन्सनको सुविधा पाउनबाट वञ्चित रहेका श्रेणीविहिन कर्मचारीहरूलाई स्थायी बनाउनको सट्टा उल्टै निषेध गर्ने काम सरासर गलत हो,” साहको भनाइ छ, “यसलाई तुरुन्त सच्याउन सभामुख तथा नेताहरूको गम्भीर ध्यानाकर्षण गराउँछु ।”

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नेशनल मेडिकल कलेजमा स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेजमा आज बिरगंज महानगरपालिकाका ३२ वटा वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कलेजको नेतृत्वमा नेपाल...

बदलिएन वीरगंजलाई हेर्ने सरकारको नजर, तीन मन्त्री भएर पनि बजेटमा अटाएन वीरगंज

वीरगंज । संघीय सरकारले आउँदो आर्थिक वर्ष २०८२÷८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरे पनि देशको राजस्व संकलनमा...

जगरनाथपुरमा भब्य रुपमा मनाइयो गणतन्त्र दिवस

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले १८औँ गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । दसौता–इनर्वा बोर्डर क्षेत्रलाई गणतन्त्र दिवसका लागि विशेष रूपमा सजाइएको थियो...