Friday, May 30, 2025

वीरगंजका मेयर सिंहद्वारा विभिन्न वडाहरूमा सडक निर्माण कार्यको अनुगमन

Date:

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २७ उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको मेयर राजेशमान सिंहले अनुगमन गरेका छन् । अनुगमनकाे क्रममा मेयर सिंहले सडक निर्माणको गुणस्तरमा विशेष ध्यान दिनु पर्ने र निर्धारित समयसीमामा काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यसै क्रममा वडा नं. २१ परवानीपुरमा पटेल नगरतर्फको सडक निर्माण कार्यको समेत मेयर सिंहले अनुगमन गरेका हुन् । त्यहाँ मुख्य सडकबाट पटेल नगरतर्फको सडकमा देखिएको अवरोध हटाएर निर्माण कार्य द्रुतगतिमा अगाडि बढाइएको छ।

वडा नं. १४ स्थित सानो पिप्रा बौद्धिमाईमा सम्पन्न भएको कालोपत्रे सडकको निरीक्षण गर्दा मेयर सिंहले सडक निर्माणले स्थानीय आवागमन सहज बनाउने र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अनुगमनकाे क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति थियो । स्थानीय वासिन्दाहरूले सडक निर्माणको पहलप्रति प्रसन्नता व्यक्त गर्दै यसले आफ्नो जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छन् ।

वीरगंज महानगरपालिकाले गाउँ तथा शहरलाई जोड्ने आधारभूत पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै सडक, ढल र खानेपानी परियोजनाहरूमा गति थपेको छ । हाल महानगरका सबै वडामा कालोपत्रे सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ, जसले समग्र महानगरको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नेशनल मेडिकल कलेजमा स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेजमा आज बिरगंज महानगरपालिकाका ३२ वटा वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कलेजको नेतृत्वमा नेपाल...

बदलिएन वीरगंजलाई हेर्ने सरकारको नजर, तीन मन्त्री भएर पनि बजेटमा अटाएन वीरगंज

वीरगंज । संघीय सरकारले आउँदो आर्थिक वर्ष २०८२÷८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरे पनि देशको राजस्व संकलनमा...

जगरनाथपुरमा भब्य रुपमा मनाइयो गणतन्त्र दिवस

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले १८औँ गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । दसौता–इनर्वा बोर्डर क्षेत्रलाई गणतन्त्र दिवसका लागि विशेष रूपमा सजाइएको थियो...