Thursday, May 29, 2025

पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस भव्यतापूर्वक सम्पन्न

Date:

पोखरिया । पोखरिया नगरपालिका वडा नं. ४ स्थित जिल्ला उचाँगल रामदेव कलवार उच्च माध्यमिक विद्यालयको प्रांगणमा अन्तर्राष्ट्रिय योग दिवस २०२५ विशेष कार्यक्रमका साथ मनाइयो ।

भारतको महावाणिज्य दूतावास, वीरगंज र पोखरिया नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा पोखरियाका जनप्रतिनिधि, युवा, महिला, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा भारतका महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत देवीसहाय मिणा, वाणिज्यदूत अजय जैन, वाणिज्यदूत मनिष कुमार दास, पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान, वडा अध्यक्ष प्रमोद गिरी, लक्ष्मण साह कानु, प्रमाणन्द प्रसाद पटेल, नौसाद आलम, राधा साह कानु, पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, दिनेश प्रसाद चौहान, ओमप्रकाश रौनियार, भगवान प्रसाद कुर्मी, श्रीकिसुन प्रसाद चौहान लगायतकाे उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा योग प्रशिक्षक धिरेन्द्र कुमार सिंहले उपस्थित सहभागीहरूलाई विभिन्न योग आसन र ध्यान अभ्यास गराएका थिए । कार्यक्रममा योगका फाइदाबारे जानकारी दिँदै स्वस्थ जीवनशैलीको महत्वमाथि प्रकाश पारिएको थियो ।

थप समाचार

गाैतम माविमा अभिभावक अभिमुखिकरण सम्पन्न

वीरगंज । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयमा बुधबार अभिभावक अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा कक्षा युकेजी (UKG) का...

गरिव श्रमजीवि विरोधी निजामती ऐन फिर्ता लिनुपर्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले श्रेणीविहिन कर्मचारीलाई सरकारी सेवाबाट निषेध गर्ने गरी प्रस्तावित संघीय निजामती ऐन आफूलाई अस्वीकार्य रहेको...

वीरगंजका मेयर सिंहद्वारा विभिन्न वडाहरूमा सडक निर्माण कार्यको अनुगमन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २७ उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको मेयर राजेशमान सिंहले अनुगमन गरेका छन् । अनुगमनकाे क्रममा मेयर सिंहले सडक निर्माणको...