Date
शनि, जेष्ठ २४, २०८२
Sat, June 7, 2025

वीरगंज महानगरलाई सरसफाई सम्झौता कार्यान्वयन गर्ने बाटो खुल्यो

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाईका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत गरेको सम्झौता कार्यान्वयनको बाटो खुलेको छ ।

सम्झौता विरुद्ध उच्च अदालत वीरगंजमा परेको रिटमा सोमबार न्यायाधीशद्वय निर्मला शाक्य र भरत लम्सालको संयुक्त इजलासले अन्तरिम आदेश (स्टे अर्डर) जारी नहुने फैसला गरेसँगै सम्झौता कार्यान्वयनको बाटो खुलेको हो ।

वीरगंज महानगरपालिकाले एन.के.इन्टरनेशनल कन्ट्रक्शन प्रा.ली.संग सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत वीरगंजको ३२ वटै वडा सफाईका लागि सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयन नगर्न माग गर्दै रामचन्द्र प्रसाद कानुसहितले गएको असोज १५ गते उच्च अदालत वीरगंजमा रिट दायर गरेका थिए ।

रिट दायर गरेको भोलीपल्ट सम्झौता अहिले कार्यान्वयन नगर्नु भन्दै अदालतका न्यायाधीशको एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

अल्पकालीन अन्तरिम आदेशसमेत खारेज गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने संयुक्त इजलाशबाट आदेश भएसँगै महानगरलाई सरसफाई व्यवस्थापनका लागि गरिएको सम्झौता कार्यान्वयनमा सहजता भएको नि.प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले जानकारी दिए ।

सोमबार भएको बहसमा महानगरको तर्फबाट अधिवक्ता विरेन्द्र प्रसाद यादव, प्रमोद प्रसाद साह, कमलमोहन पोखरेल र इश्वर बराल तथा एन.के.इन्टरनेशनलको तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईले बहस गरेका थिए । निवेदकको तर्फबाट भने वरिष्ठ अधिवक्ता दिपकराज भण्डारी, नेपाल वार एशोसिएसनका उपाध्यक्ष सुधिर कर्ण र अधिवक्ता नेजामुद्धिन राउत गद्दीले बहस गरेका थिए ।

थप समाचार

थप समाचार

नारायणी अस्पतालमा नि:शुल्क भोजन सेवाको ५६ औं सप्ताह सम्पन्न

वीरगंज । “सेवा नै धर्म हो” भन्ने मुल नाराका साथ निरन्तर समाजसेवामा समर्पित वीरगञ्ज समाज सेवाद्वारा सञ्चालन गरिएको नि:शुल्क भोजन शिविरको ५६ औं सप्ताह...

साइकल यात्रा: हरित भविष्य र स्वस्थ जीवनशैलीतर्फ एक सार्थक पाइला – मन्त्री यादव

वीरगंज । सडक जाम, वायु प्रदूषण र अस्वस्थ जीवनशैलीका कारण उत्पन्न चुनौतीको सन्दर्भमा आजको युगमा साइकल यात्रा अझ सान्दर्भिक बनेको खानेपानी मन्त्री प्रदीप यादवले...

परवानीपुर गाउँपालिकाकाे निमार्णधिन पालिका भवनको काम अन्तिम चरणमा

वीरगंज । बाराको परवानीपुर गाउँपालिका कार्यालयले आगामी आर्थिक बर्ष २०८२/०८३ देखि आफ्‌नै पालिका भवनमा कार्यालय संचालन गर्ने भएको छ । वडा नम्बर ३ को...