Date
सोम, जेष्ठ १९, २०८२
Mon, June 2, 2025

ईटियाहीमा २७ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ ठूलो इटियाहीमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीको आयोजना तथा बिन्दबासिनी गाउँपालिका वडा नं. ३ को कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका हुन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममाकाे उ‍द्घाटन नेपाली काँग्रेस बिन्दबासिनी गाउँपालिका अध्यक्ष बिवेक चौरसियाले रक्तदान गरी गरेका थिए ।

साे कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसिया, मन्जेस कुमार, अमित कुमार साह, योधन चौरसिया, कृष्ण मोहन साह, मुना ठाकुर, अजय गुप्ता, जयचन्द्र चौरसिया, ईजहार राउत गद्दी, सुकेस दास तत्वा, रबि शंकर सिंह, सुर्यमोहन चौरसिया, राज किशोर भगत, अरुण कुमार चौरसिया, भभिखन साह, अरबिन्द चौरसिया, बृजेश चौरसिया लगायतकाले रगतदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ ।

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका सभापति चौरसियाले ईटियाही गाउँमै पहिलो पल्ट रक्तदान भएकोमा आयोजकलाई धन्यबाद दिदै आउने दिनहरुमा पनि गाउँघरलाई लक्षित गरी रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका थिए ।

रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्राविधिक मनिस कुमार साह, जानकी चौधरी लगायतको समुहले प्राविधिक सहयोग गरेका थिए ।

रक्तदान कार्यक्रममा वडाध्यक्ष जय प्रकाश चौरसिया, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसिया, स्थानिय मुनिलाल दास, देवनारायण साह, महेन्द्र साह, प्रदिप चौरसिया, छठुलाल चौरसिया, युवा नेता उपनेश चौरसिया, झगरु साह, नथुनी चौरसिया, संतोष चौरसिया, सञ्चारकर्मी जगत राई, अजय चौरसिया, रंजित चौरसिया, मुना ठाकुर, रामेश्वर चौरसिया, राजकिशोर भगत, दिपक चौरसिया लगायत विद्यालयका शिक्षक, राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजिवि लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

थप समाचार

थप समाचार

१२ लाख हुण्डी रकम सहित दुईजना पक्राउ

वीरगंज । पर्सा प्रहरीले विशेष सूचनाको आधारमा आईतबार १२ लाख हुण्डी रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहाँ मैनपुर...

जापानमा सम्पन्न नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डमा निजगढकी खतिवडा सम्मानित

वीरगंज । नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा सम्पन्न  भएको छ । हिमालयन मुभीज प्रोडकस्न हाउस काठमाडौंको...

भारतमा कोरोना संक्रमण पुनः तीव्र: वीरगंज नाकामा स्वास्थ्य जाँच कडाइ

वीरगंज । भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाल–भारतको मुख्य नाका वीरगंज–रक्सौलमा देखिएको छ। यात्रुहरूका लागि स्वास्थ्य जाँच...