Wednesday, May 28, 2025

समाचार लेखन र इन्सेक अनलाइन निर्देशिका बारे प्रशिक्षण

Date:

वीरगंज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम बुधबारबाट चितवनको सौराहामा सुरु भएको छ ।

उक्त तालिममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले इन्सेकको परम्परा र मानव अधिकार अभियानको वर्तमान कार्यदिशा सम्बन्धमा प्रस्ट पारेका थिए । कमैया उन्मुलन, द्वन्द्वको समयमा मानव अधिकार अभियान सञ्चालन, मावन अधिकारमैत्री कानुन निर्माण, निर्वाचनको समयमा मतदाता शिक्षा, राष्ट्रिय मानव अधिकार आयोगको स्थापनामा इन्सेकको भूमिका उल्लेखनीय रहेको अध्यक्ष डा. अर्यालले बताए ।

मानव अधिकारको संरक्षण, सम्वद्धन, अनुसन्धान, वकालत, सङ्घर्ष क्षेत्रमा काम गरिरहेको तथा देशव्यापी र विश्वव्यापी समन्वयमा काम गरिरहेको अध्यक्ष डा. अर्यालले बताए । मानव अधिकारको प्राथमिकता क्षेत्र व्यापक हुँदै गएको सन्दर्भमा मानव अधिकारका घटना देखिने र नदेखिने खालका हुने भएकाले नदेखिने घटनालाई सुक्ष्म तरिकाले खोज्नु पर्ने डा. अर्यालकाे भनाइ छ ।

तालिममा सञ्चार एवम् परामर्शदाता विनोद भट्टराईले पत्रकारको समाचार श्रोत सिडियो, प्रहरी र अदालत मात्र भएको वताउँदै तथ्य खोज्न तल्लो तहसम्म रिपोर्टिङ जरुरी भएको वताए ।

“मानव अधिकारको होस वा पत्रकारिताको, जुनसुकै सूचना संकलन गर्दा समेत पीडित संग कुराकानी वा भेटघाट हुन आवश्यक हुन्छ । तर आजकाल त पत्रकारिता नै मरेको छ ।” उनले भने, “पत्रकार हुँ भन्नेहरुलाई गालि गर्न मात्र मनलाग्ने स्थिति छ ।” नयाँ पुस्तालाई इँकित गर्दै उनले १० बर्षपछि आफु के बन्छु भन्ने कुरामा पूर्व योजना आज नबनाए प्रगति नहुने बताए ।

तालिममा इन्सकेका २३ जिल्लाका सूचना सङ्कलकको सहभागिता रहेको इन्सेक अनलाइनका प्रधान सम्पादक मदन पौडेलले जानकारी दिए । समाचार लेखन र इन्सेक अनलाइन निर्देशिका सम्बन्धमा प्रधानसम्पादक पौडेल र सम्पादक रमेशप्रसाद तिमल्सिनाले जानकारी गराएका थिए ।

थप समाचार

पर्साका प्रमुख राजनीतिक दलहरूको सहकार्यमा गणतन्त्र दिवस मनाउने तयारी

वीरगंज । पर्साका प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेका छन् । नेपाली कांग्रेसको रानिघाटस्थित पार्टी कार्यालयमा पार्टीका कार्यबाहक सभापति राम...

वीरगंजमा लागुऔषधसहित एक जना पक्राउ

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १४ गण्डक चोकस्थित नियमित चेकिङका क्रममा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी...

प्रधानाध्यापक संघ पर्साकाे दोस्रो जिल्ला सभा सम्पन्न, विनोद मेहताको अध्यक्षतामा नयाँ समिति चयन

वीरगंज । प्रधानाध्यापक संघ नेपाल (PAN) पर्साको दोस्रो जिल्ला सभा मंगलबार वीरगञ्जको त्रिजुध माध्यमिक विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ। सभाबाट विनोद मेहताको अध्यक्षतामा...