Monday, June 2, 2025

विश्वकप लिग २ मा उत्कृष्ठ प्रदर्शन गरेका वीरगंजका २ खेलाडीलाई मोटरसाइकल पुरस्कारको घोषणा

Date:

वीरगंज । विश्वकप क्रिकेटमा देशलाई क्वालिफायर छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वीरगञ्जका २ जनालाई खेलाडीलाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पुरस्कारको घोषणा गर्नु भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै दुबैलाई पुरस्कार स्वरुप एक एक थान मोटरसाईकल प्रदान गर्ने बताउनुभएको हो ।

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिनुहुँदै महानगर प्रमुख सिंहले प्रतियोगितामा सहभागि वीरगञ्जका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगञ्जकै लागि गौरबको विषय भएको पनि बताउनुभयो ।

उहाँले राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरुले वीरगञ्जका उर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको बताउनुभयो ।

‘खुशी र गौरवको यस क्षणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला बढाउन महानगरपालिकाको तर्फबाट यामाहा FZ-FI
मोटरसाईकल एक÷एक थान प्रदान गर्ने घोषणा गर्छु ।’ उहाँले भन्नुभयो ।

थप समाचार

थप समाचार

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

वीरगंज । वीरगंज महानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट चोरी भएका मोटरसाइकलसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, गत वैशाख २३...

पर्सामा सवारी दुर्घटनामा परेर मर्नेहरु घटे

वीरगंज । गत शनिबार वीरगंज महानगरपालिका– १७ अलौस्थित सडकखण्डमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भयो । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१६ नगवा निवासी...

शेख मकबुल समूहले बैंक खातामार्फत करोडौं ठगी गरेको आरोप

वीरगंज । वीरगंज १६, नगवा निवासी शेख मकबुल नेतृत्वको समूहले दर्जनौं सर्वसाधारणलाई ठगी गरेको आरोप सार्वजनिक भएको छ। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं....